Comments Add Comment

त्रिभुवन विमानस्थल सुधार्न संसदिय समितिको ४३ बुँदे निर्देशन

९ भदौ, काठमाडौं । व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिले मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए)ले गुणस्तरीय सेवा सुविधा प्रवाह गर्न नसकेको ठहर गरेको छ ।

विकास समितिले विमानस्थलको स्थलगत निरीक्षण गरी ‘टीआइए सुधार’ प्रतिवेदन तयार पारी सभामुख सुवासचन्द्र नेम्बाङलाई बुझाएको छ । विमानस्थलले अपेक्षित रुपमा भौतिक, प्राविधिक तथा गुणस्तरीय सेवा प्रवाह गर्न नसकेको गुनासो बढेपछि समितिले स्थलगत अध्ययन गरेको हो । समितिले प्रतिवेदनमा विमास्थल सुधारका लागि विभिन्न ४३ बुँदे निर्देशन समेत दिएको छ ।

tia

त्रिभुवन विमानस्थलमा विदेशी विमान र यात्रुहरुको चाप दिनानुदिन बढ्दै जाँदा प्रयाप्त मात्रामा गुणस्तरीय सेवा सुविधा पुराउन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

त्रिभुवन विमानस्थलको स्तरोन्नती गर्ने काम भइरहे पनि बढ्दो हवाई चाप एउटामात्र विमानस्थलले थेग्न नसक्ने ठहर गर्दै समितिले वैकल्पिक व्यवस्थाको रुपमा निजगढ, भैरहवा र पोखरा विमानस्थल तत्कालै निर्माण गर्न सुझाव दिएको छ ।

समितिले त्रिभुवन विमानस्थलको मर्मत तथा सुधारको काम अपेक्षित रुपमा अगाडि नबढेको बताएको छ । विमानस्थलको तत्कालै स्तरोन्नती गर्न सकेमा तत्कालका लागि पर्यटन प्रवर्द्धन, आर्थिक वृद्धि तथा विकासमा सहयोगी हुने प्रतिवेदनमा उल्लेख छ ।

ग्राउन्ड ह्यान्डलिङ चुस्त भएन

समितिले विमानहरुको उडान तथा अवतरण गर्नका लागि ग्राउन्ड सेफ्टी प्रभावकारी नभएको भेटाएको छ । त्यस्तै, एयर साइटमा एयरलाइन्स तथा सम्बद्ध निकायहरुको उचित व्यवस्थापन हुन नसकेको समितिको भनाइ छ ।

अन्तर्राष्ट्रिय वायुसेवाको ग्राउन्ड ह्याडलिङ गर्दै आएको नेपाल वायुसेवा निगमले आवश्यक उपकरण र जनशक्ती प्रयोग गरी आफ्नो सेवा चुस्त र प्रभावकारी बनाउन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी विमानस्थलमा शौचालय, खानेपानी, सरसफाई, सजावट लगायतका विषयहरुको व्यवस्थापनमा उचित ध्यान दिन नसकेको समितको बताएको छ । यात्रुबाट विमानस्थलको शौचालयका विषयमा लामो समयदेखि गुनासो आइरहेको छ ।

विमानस्थल भन्सार कार्यालयको व्यागेज मेकअप एरियामा कन्भेयर बेल्ट र एक्स–रे मेसिन छुट्टा छुट्टै ठाउँमा राख्दा जाँचपासमा ढिलाई हुने गरेको भेटिएको छ । विमानस्थलमा स्क्यानर तथा रे मेसिन पनि प्रयाप्त छैनन् ।

विमानस्थलमा सिनियर सिटिजन एन्ड ब्रेष्ट फिडिङ रुम पनि साँघुरो र अव्यवस्थित रुपमा भेटिएको छ । विमानस्थलभित्र रहेका विभिन्न निकायहरुबीच समन्वयकारी भूमिकाको कमी रहेको पनि समितिले ठहर गरेको छ ।

विमानस्थलभित्र रहेका पसलहरुमा एकाधिकार कायम भई मनोमानी मूल्य निर्धारण हुने गरेको लगायतका दर्जनौं समस्या तथा कमकमजोरी समितिले प्रतिवेदनमा औंल्याउँदै सुधारका लागि निर्देशन दिएको छ ।

यस्तो छ निर्देशन

· ठेकेदारबाट पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको खानी खूलाउन सहयोग गरिदिन अनूरोध भई आइरहेको छ । जागिरेको कूनै करारीय दायीत्वमा नभएतापनि उक्त खानी विमानस्थलको प्रजेक्ट साइटको नजिक र त्यहााको माटो गूणस्तरीय पनि भएकोले उक्त खानी चााडो उपलब्ध हून सकेमा विमानस्थलको सूधार कार्य छिटो छरितो रूपमा सम्पन्न गर्न सकिने देखिएकाले पशूपति क्षेत्र विकास कोषलाई अधिकतम हित हूनेगरी र गूरुयोजनामा कूनै नकारात्मक असर नपर्ने गरी साविक गोठाटार गाविसमा रहेको उक्त खानी सम्बन्धी समस्या समाधान गरी यथाशिघ्र माटो आपुर्ती खूला गराई विमानस्थल निर्माण कार्यमा सम्बन्धित सबै निकायले सहयोग गर्नूपर्ने ।

· त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसाग प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने गराउने कार्यक्रम सम्बद्ध संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय (जिल्ला विकास समिति, नगरपालिका, गाविसहरु) र गृह मन्त्रालय (जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र ट्राफिक प्रहरी) लाई विमानस्थलमा निर्माण कार्य सम्बन्धी (निर्माण सामाग्री, माटो, ढुङ्गा, बालूवा आदी ढुवानी कार्यमा) अवरोध तत्काल हटाउने व्यवस्था गर्ने ।

· आइकाओ तथा नेपालको सिभिल एभियसन स्टान्डर्डहरुलाई मिचेर उडान तथा अवतरण रूटमा बनाइएका अग्ला घर, रेडियो/एफएम एन्टेना मस्ट, टेलिभिजन टावर, हाइ ट्रान्समिसन लाइट लगायतका यस्तै अग्ला भौतिक संरचानाहरुलाई हवाई उडान सूर तथा भारवहन क्षमताको दृष्टिकोणले नियन्त्रण गर्नूपर्ने भएकाले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, सुचना तथा संचार मन्त्रालय, उर्जा मन्त्रालय, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय र काठमाडौं महानगरपालिका लगायत उपत्यकाका सम्पुर्ण नगरपालिका, गा.वि.स.हरु, नगर विकास समितिहरु, काठमाडौंै उपत्यका विकास प्राधिकरण लगायतलाई नेपाल नागरिक उड्डयन प्राधिकरणसाग आवश्यक समन्वय गरी अब आइन्दा त्यस्ता भौतिक संरचनाहरुको निर्माण स्वीकृति दिने ब्यवस्थाका मिलाउन तथा ऐन नियम मापदण्ड मिचिएर बनाइएका अग्ला घरहरुमा तत्काल बढी उचाइका तला घटाउने व्यवस्था गर्नूपर्ने ।

· मेशिन रिडेबल पासपोटप्रचलनमा आई सके पश्चात विश्वका धेरैजसो मूलुकहरुले अध्यागमन गमन र आगमन पत्र प्रतिस्थापन गरी स्क्यानिङ विधिबाट यात्रुहरुको विवरण राख्ने कार्य सुरु गरिसकेको हुाादा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यो प्रक्रिया अविलम्व सुरु गर्न सके अध्यागमनमा हुने भिडभाड कम हुने हादा बैज्ञानिक तरिकाबाट यात्रुहरुको विवरण दुरुस्त राख्ने व्यवस्था अध्यागमनमा तुरुन्त लागु गर्ने व्यवस्था मिलाउन आवश्यक समन्वय गर्ने ।

· त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय विमानहरुको उडान दिनानुदिन बढ्ने क्रममा रहेको हुादा हाल प्रयोगमा रहेको अन्तर्राष्ट्रिय जहाज विसान गर्ने बाई अपुग हुनाले अन्तर्राष्ट्रिय एप्रोन बाई १ को दक्षिण तर्फ र धावनमार्गको पूर्व तर्फ सम्भब भएसम्म चााडो बाईको संख्या थप गर्नु पर्ने ।

· अन्तर्राष्ट्रिय वायूसेवाहरुको ग्राउण्ड हृयाण्डलिङ्ग गर्दै आएको नेपाल वायुसेवा निगमले पर्याप्त आधुनिक उपकरण र दक्ष जनशक्तिको व्यवस्था गरी सेवालाई प्रभावकारी रुपमा सरल र सुलभ बनाउदै लाने ।

· त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले व्यागेज मेकअप एरियामा कन्भेयर बेल्टमै इनलाइन हुने गरी एक्स-रे मेसिन जडान गर्ने व्यवस्था मिलाउने ।

· त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा सुरक्षा संवेदनशिलतालाई उच्च प्रथमिकता दिई कुनै पनि प्रकारको सुरक्षा कमिकमजोरी हुन नदिन संलग्न सुरक्षा निकाय/वायूसेवा कम्पनीहरुले एयरपोर्ट अथोरिटीसाग समन्वय गरी आवश्यक व्यवस्था मिलाउने ।

· एयरसाइडमा एयरलाइन्स तथा सम्बद्ध निकायको उचित व्यवस्थापन गर्ने ।

· नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानलाई व्यवस्थित बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक ग्राउण्ड हृयाण्डलिङ्ग कार्यलाई समयानुसार आधुनिक र व्यवस्थित बनाउने।

· यात्रुहरुको सेवा सुविधा व्यवस्थापनमा समयानुकूल विश्वमा प्रचलित प्रविधि र प्रचलन अनुसार आवश्यक सुदृढिकरण गर्ने ।

· त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको धावनमार्ग तथा ट्याक्सी वेमा देखिने समस्याहरुलाई निराकरण गर्न तुरुन्त मर्मत सम्भार गरी हरबखत धावनमार्ग संचालन योग्य अवस्थामा राख्ने ।

· अन्तर्राष्ट्रिय तथा आन्तरिक टर्मिनल भवनको सरसफाईमा बिशेष ध्यान दिई सौन्दर्य बृद्धि गर्न आवश्यक गृहकार्य गरी इन्टरनल डेकोरेसन/ब्यूटीफिकेसन सहितका कार्यहरु तत्काल गरी अन्तर्राष्ट्रिय स्तरको सेवा र स्वरूप प्रदान गर्ने ।

· अन्तर्राष्ट्रिय बिमानस्थल प्रबेशद्धार देखि टर्मिनल भवन सम्मका बाहिरी क्षेत्रहरुमा फुलबिरुवा तथा सजावटका कार्यहरु गरी बिमानस्थललाई मनमोहक बनाउने ।

· अन्तर्राष्ट्रिय टर्मिनल भवन तथा पार्किङ्ग सहितका सेवा सुबिधामा बृद्धि गर्न आवश्यक पर्ने बिस्तारका कार्यहरु अबिलम्ब अघि बढाउने ।

· बिमानस्थलको उडान अवतरण सुरक्षित गर्न ग्राउन्ड सेफ्टीसाग सम्बन्धित आवश्यक पर्ने बिबिध कार्यहरुमा सुधार गर्ने ।

· स्ट्रेइल एरियामा नया शौचालय हरु को व्यबस्था गर्ने तथा उक्त क्षेत्रको बिस्तार गर्न आवश्यक निर्माण कार्य गर्ने ।

· अध्यागमनमा राखिएको नागरिक बडापत्रलाई अद्यावधिक गरी प्रभावकारी बनाइनुपर्ने ।

·Liqour and Tobacco lounge बाहिर राखिएका मदिरा लगायतका बस्तुका hoarding board हरू देखिने गरी भित्र राखिनुपर्ने ।

· स्थानीय स्तरको समस्या समाधान गर्न गृह मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नगरपालिका लगायतका निकायहरूबाट आवश्यक पहल हुनु पर्ने ।

· माटो भर्ने कार्यलाई छिटो सम्पन्न गर्न कन्ट्रयाक्टरलाई बढी जिम्मेवार बनाईनुपर्ने ।

· इमिग्रेसनमा बस्ने कर्मचारीहरूको व्यवहारमा परिवर्तन गरी मिठास र मुस्कान सहितको सेवा प्रवाहमा जोड दिनु पर्ने ।
· विमानस्थलमा आउने तथा जाने यात्रु वर्गले वेइटिङ गर्दा बस्ने ठाउाको पर्याप्त व्यवस्था हुनुका साथै खाना, खाजा खाने रेष्टुरेन्टरस्टलहरू समेत पर्याप्त व्यवस्था हुनुपर्ने ।

· विमानस्थल क्षेत्रमा इन्टरनेट नेटवर्कलाई चुस्त बनाइनुपर्ने ।

· सिसिटीभी क्यामरा बढाइनुपर्ने । हाल प्रहरीले एउटा कोठामा बसेर यस्को निगरानी गरीरहेको छ । धेरै स्थानमा राखिएका क्यामरा बिगि्रएका छन् । चलखेल, चोरी हुने स्थान, भिडभाडमा क्यामरा राखिनुपर्ने । थप्नु पर्‍यो ।

· विमानस्थलमा आफन्तको विदाई गर्न जाने परिवारजनकालागी अन्तराष्ट्रिय टर्मिनल भवन माथिको अगाडी तर्फ फर्केको टेरेस सामान्य शुल्क लिई खुल्ला गरिनुपर्ने । निर्माण व्यवसायीसँगको विवादका कारण यो कार्य पुन वन्द भएको थियो । यसअघि नेपालीलाई सस्तो टिकटमा खोलिएको थियो । यो खुला हुदा पासको दुरुपयोग रोकिनेछ । आफन्तजनलाई पनि आफ्नो परिवारका सदस्य वा विदेशीहरुका हकमा साथीहरु जहाज चढेको प्रत्यक्ष देख्न पाउदा आनन्द मान्दछन । साथै नेपाली आन्तरिक पर्यटकहरुकालाई ठूला जहाज हेराउदा राजश्वमा योगदान हुनेछ ।

· विमानस्थल भित्रका संकेत चिन्ह धेरै पूराना र परम्परागत भए । आधुनिक, प्रष्ट देखिने संकेत, इशारा, स्थान जानकारी आदिका संकेत चिन्ह अन्तर्राष्ट्रिय प्रचलन बमोजिम बदलिनुपर्छ । यी जानकारीहरु नेपाली र अँग्रेजी भाषामा लेखिनु पर्छ ।

· विमानस्थलभित्र र बाहिर व्यवसायिक विज्ञापनको दबदबा अति बढी भयो । विज्ञापनलाई स्थान अनुसार नेपाली संस्कृती झल्किने, देश चिनाउने अनुकल बनाई राख्न सकिन्छ । अहिले कुनै ब्लकमा जादा रेमिट कम्पनी, वा कुनै बैंकको शाखा वा कुनै टेलिफोन कम्पनीमा रहेको जस्तो देख्नेलाई महसुस हुन्छ । चाहिने सुचनामुलक राष्ट्रिय जानकारी ओझेलमा राखिएको छ ।

· पासको दुरुपयोग भएको छ । यो कस्ले दिइयो बारे अनलाइनमा नाम सार्वजनिक गरिनुपर्छ । विमानस्थल प्रमुखले आफुभन्दा माथिल्लो निकायबाट आउने दबाब थेग्नै सक्दैनन । कुनै पूर्व सचिव वा प्रहरी वा यस्तै समूहका व्यक्तिले छोराछोरीलाई विदेश उडाउदा अन्तिम स्थानसम्मको पास लिने गरेका छन् । वृद्ध, अशक्त, विरामी, बालबालिकालाई पुर्‍याउन जानेहरुलाई पास सजिलै उपलब्ध हुदैन । डियुटीमा खटिएको प्रहरीले पास बिनै मानिसहरु टिकट काउन्टर तथा त्यसमाथीसम्म पठाउछन यसमा विमानस्थलका कर्मचारी निरीह भैइदिन्छन् । यो बर्दीको दुरुपयोग हो । यस्तो कार्य रोकिनुपर्छ । विमानस्थल संवेदनशिल स्थान हो ।

· ट्रली निशुल्क हो । तर तल्लोतहका कर्मचारी विदेशी तथा सोझासिधालाई आनकानी गर्दै पैसा मागिरहेका हुन्छन् । हरेक ट्रली निःशुल्क हो भन्ने संकेत सर्वत्र राखिनुपर्छ ।

· संसारका कुनै पनि मुलुकले अन्तराष्ट्रिय विमानस्थलको शौचालयमा पैसा असुल्दैनन् । यहा लिइन्छ । यो रोकिनुपर्‍यो ।

· विमानस्थलभित्र भन्सार, अध्यागमन, बेमा तल्लोे तहका कर्मचारी चप्पल लगाई, फोहोर पोशाकमै सेवा दिइरहेका देखिन्छन् । स्मार्ट पोशाक र परिचयपत्र नभएका कर्मचारीलाई प्रवेशमा रोक लगाइनुपर्छ । बेला बेला छड्के जाच पनि गरिनुपर्छ ।

· नेपाल आएका विदेशीहरुलाई फर्किदा फिडब्याक र्फम भराइनु पर्‍यो । जस्ले सुधारमा सघाउ मिल्ने छ ।

· विदेशमा मृत्यु भएका नेपालीहरुको शव लिन जादा केही झन्झट हुन्छ । यस्लाई सरलीकृत बनाईनुपर्छ ।

· अन्य युटिलाइज सेवामा चुस्तता हुनुपर्‍यो । ट्याक्सी, शौचालय, क्यानटीन सेवा नभई व्यापारिक उदेश्यबाट संचालित भएका देखीन्छन् । सेवा भावले न्यून लाभमा सञ्चालित हुनुपर्ने ।

· नेपाल सरकारले सार्वजनिक स्थानमा धुम्रपान निषेध गरेको छ । तर विमानस्थलमा जतासुकै धुम्रपान गरिरहेका देखिन्छन् । यसमा कडाई गरिनुपर्‍यो । स्मोकिङ्ग जोन बनाइनुपर्छ । चुरोट नखाने र बिरामीलाई सास्ती नै हुनेगरी जतासुकै धुवा उडाउनमा रोक लाग्नु पर्‍यो ।

· हेल्प डेस्क लगायतका सबै डेस्कमा बर्दीवाला प्रहरीलाई हटाई । महिला राखिनुपर्‍यो । हस्पिटालिटी व्यवस्थापन पढाउने कलेजका विद्यार्थीहरुलाई इन्टर्नशिपमा राख्न सकिन्छ ।

· हेलिप्याड सानो भयो । बिस्तार गरिनुपर्छ ।

· अध्यागमन, भन्सार, टर्मिनल आदिमा सबै सरोकारवाला निकायले महिला कर्मचारीलाई प्राथमिकताका साथ राख्नु पर्‍यो ।

· त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र छुट्टै स्मोकिङ जोनको व्यवस्था गरिनुपर्ने ।

· विमानस्थलले २ सय ३६ बढी एजेन्सीलाई पास (आइडीकार्ड) दिएको छ । त्यो प्रष्ट देंखिदैन । सानो तथा मधुरो अक्षरमा लेखिएको छ । आडीकार्डबहाक को हो ? संस्थाको नाम र फोटो ठूलो फन्टमा हुनुपर्छ । अन्य सहायक सूचना सानो फन्टमा राख्दा हुन्छ । आइडी कार्डको डिजाइन नै फेर्नुपर्छ ।

· फ्रि वाईफाई र समुचित शुल्कमा लोकल टेलिफोन सुलभ गरिनुपर्छ । यस्ले यात्रुलाई आफ्न्तलाई सुचित गर्न सजिलो हुन्छ ।

· सटही काउन्टर, क्याफे लगायत पसल र तीनमा को बस्छन् पहिचानमुलक पोशाकमा पारदर्शी हुनुपर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment