Comments Add Comment

ऐश्वर्याको ‘जज्बा’, हेर्नुहोस् उनको कमब्याक कस्तो रह्यो ?

aiswaryaबलिउडमा जब नायिका ऐश्वर्या रायले बिहे गरिन्, त्यतिबेला उनको क्रेज अब सकिन्छ भन्नेहरुको भिड ठूलै थियो । करोडौ यूवाको ढुकढुकी बनेकी पूर्व विश्व सुन्दरीले अभिषेक बच्चनसँग बिहे गर्दा उनको क्रेज अब नरहने चर्चा गरियो ।

यसपछि ऐश्वर्याले छोरीलाई जन्म दिइन् । ऐश्वर्याको फिगर बदलियो, रुप बदलियो । आमा बनेपछि ऐश्वर्याको बलिउड चर्चा पहिलेको जस्तो रहदैन भनियो । तर, करिब ५ बर्षपछि पर्दामा फर्किन लागेकी ऐश्वर्याको अहिले तारिफ भैरहेको छ ।

ऐश्वर्या अर्का चर्चित बलिउड कलाकार इरफान खानको साथमा ‘जज्बा’ नामक चलचित्रबाट कमब्याक गर्दैछिन् । यो चलचित्रको ट्रेलर मंगलबार सार्वजनिक भएको छ ।

वुधबारसम्म करिब १३ लाख पटक हेरिसकिएको यो ट्रेलरमा ऐश्वर्याले कुनै नायकसँग रोमान्स भन्दापनि छोरीका लागि गरेको संघर्ष देखाइएको छ । अक्टोबर ९ बाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको यो चलचित्रले ऐश्वर्याको कमब्याक सफल कि असफल भनेर देखाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment