Comments Add Comment

मोदीको गृहनगरमै चर्कियो हिंसा, कयौं स्थानमा आगजनी

patel-rally-ahmedabad

नयाँ दिल्ली । नेपालको सरकारलाई अहिंसाको उपदेश दिइरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगरमै हिंसा भड्किएको छ । पटेल समुदायको उग्र आन्दोलनपछि गुजरात राज्यका विभिन्न स्थानमा स्थानमा मंगलबार कर्फ्यू लगाइएको छ ।

सूरतमा सेना परिचालन गरिएको छ भने अहमदाबाद र मेहसाणासमेत अन्य स्थानमा प्रहरी तथा अर्द्धसैनिक बल तैनाथ गरिएका छन् । हिंसाका कारण प्रशासनले राज्यका सबै शिक्षण संस्थाहरु बन्द गर्न आदेश दिएको छ ।

यता, पटेल समुदायले बुधबार गुजरात बन्दको आह्वान गरेको छ । गुजरातकी मुख्यमन्त्री आनन्दीबेन पटेलले शान्तिको लागि सबैसित अपिल गरेकी छिन् ।

आरक्षणको माग राखेर आन्दोलनरत गुजरातका पटेल समुदायका आन्दोलनकारीले मंगलबार राति विभिन्न स्थानमा आगजनी गरेका थिए । आन्दोलनको नेतृत्व गरिरहेका हार्दिक पटेललाई मंगलबार साँझ प्रहरीले हिरासतमा लिएको थियो । त्यसपछि आन्दोलनकारीहरु उग्र भएका हुन् ।

आन्दोलनकारीले ५० भन्दा बढि बस तथा अन्य सवारीसाथनमा आगो लगाइदिएका छन् । हिंसा बढ्न थालेपछि सरकारले मोबाइल, इन्टरनेट सेवाहरु बन्द गरिदिएको छ ।

अन्य पछौटे बर्गका रुपमा आरक्षणको माग गर्दै पटेल समुदायले आन्दोलन गरिरहेको छ । यसको नेतृत्व गर्ने हार्दिक पटेल २२ वर्षका युवा हुन् ।

(एजेन्सीको सहयोगमा) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment