Comments Add Comment

लगातारको बन्दले पर्यटन व्यवसायी मर्कामा

९ भदौ, लुम्बिनी । भूकम्पका कारण धरासायी बनेको होटल तथा पर्यटन क्षेत्र लगातारको बन्दका कारण मर्कामा परेको छ ।भूकम्पले लगाएको घाउमा मलमपट्टी लाग्न नपाउँदै तराई क्षेत्रमा जारी आन्दोलनका कारण यस क्षेत्रका होटल तथा पर्यटन व्यवसायी ठूलो मर्कामा परेका छन् ।

थरुहट संघर्ष समिति र मधेसवादी दलले संयुक्त रूपमा आयोजना गरेको तराई बन्दका कारण भैरहवा तथा लुम्बिनी क्षेत्रका होटल व्यवसाय अहिले सुनसान अवस्थामा पुगेका छन् ।

Lumbini-FInal

यी क्षेत्रमा मात्रै २०० बढी होटल सञ्चालनमा रहेका छन् । अर्बौंको लगानीमा स्थापना भएका होटल लगातारको बन्द र हडतालका कारण आफ्नो होटलको सामान्य खर्च व्यवस्थापन गर्नसमेत समस्या परेको होटल व्यवसायीले गुनासो गरेका छन् ।

आन्तरिक तथा बाह्य पर्यटकमा आधारित होटल व्यवसाय पर्यटक आउन नपाउँदा ठूलो समस्यामा परेको सिद्धार्थ होटल एसोसिएसन नेपाल (सान)का अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले जानकारी दिए । उनले एक दिनको बन्दका कारण होटल व्यवसायीले करिब २५ लाखदेखि ३० लाख रूपैयाँसम्म नोक्सानी व्यहोर्नु परेको  बताए ।

अध्यक्ष श्रेष्ठले बन्दका कारण भैरहवा क्षेत्रका होटलमा अग्रिम बुकिङ रद्द गर्दा दैनिक करोडौँ रूपैयाँको घाटा लाग्दै आएको छ । भैरहवा तथा लुम्बिनी क्षेत्रमा विदेशी पर्यटक लक्षित होटलदेखि सामान्य स्तरसम्मका होटल सञ्चालनमा रहेका छन् ।

शान्तिपूर्ण आन्दोलनका क्रममा बिहान बेलुकामात्रै भए पनि कारोबार गर्दै आएका बेला भैरहवामा भदौ ३ गतेको तोडफोडसहितको आन्दोलनपछि होटलको सम्पूर्ण कारोबार ठप्प अवस्थामा रहेको होटल सिटी सेन्टरका सञ्चालक भोज खत्रीले जानकारी दिए ।

उहाँले भूकम्पपछिको लामो असरपछि केहीमात्रामा भए पनि सामान्य अवस्थामा आएको होटल व्यवसायमा मधेस केन्द्रित आन्दोलनले फेरि समस्यामा पुर्‍याएको बताए ।

मौसमका बेला रामै्र कमाइ गर्ने यस क्षेत्रका होटल व्यवसायीले बन्दका कारण अहिले भने होटलमा कार्यरत कर्मचारीलाई तलब खुवाउनसमेत धौ धौको अवस्थामा पुगेको व्यवसायीको भनाइ छ ।

लगातार बन्दका कारण आफूहरूको व्यवसाय धरासायी बन्न पुगेको उल्लेख गर्दै होटल व्यवसायी मेघनाथ आचार्यले सरकारले बन्दको विकल्प खोज्नुपर्ने बताए । बुद्धमाया होटल प्यालेस लुम्बिनीका सञ्चालकसमेत रहेका आचार्यले लगातारको बन्दले पर्यटकसमेत सहज रूपमा गन्तव्यसम्म आउन नसकेको भन्दै कतिपय बुकिङ रद्द गरेर बस्नु परेको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment