Comments Add Comment

लाइभ रिपोर्टिङका क्रममा दुई पत्रकारको गोली हानेर हत्या

Alison-Parker-and-Adam-Ward

९ भदौ, काठमाडौं । अमेरिकाको भर्जिनियामा लाइभ रिपोर्टिङ गरिरहेका दुई पत्रकारको गोली हानेर हत्या भएको छ ।

डब्लूडीबीजे ७ न्यूज च्यानलका रिपोर्टर २४ वर्षीया एलिसन पार्कर र क्यामरापर्सन २७ वर्षका एडम वार्डको हत्या भएको हो ।

उनीहरु मोनटा नजिकैको एक प्लाजामा फिचर रिपोर्टिङका क्रममा थिए । बन्दुकधारीले ६/७ राउण्ड गोली चलाएको अनुमान गरिएको सीएनएनले जनाएको छ ।

लाइभ प्रसारणका क्रममा गोली चलेको आवाज प्रष्ट सुनिएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment