Comments Add Comment

बर्षा र बाढीले भक्तपुर जलमग्न (फोटो फिचर)

Bhaktapur Duban (10)

  • डुबानमा परेको भूकम्प पीडितको शिविर

विकाश श्रेष्ठ

१० भदौ, भक्तपुर । बर्षा र बाढीले भक्तपुरका बस्ती डुबानमा परेका छन् । हनुमन्ते खोलाको बाढी बस्तीमा पसेको स्थानीयले बताएका छन् ।

अविरल बर्षा र बाढीले भक्तपुरका सृजना नगर, राधेराधे, सल्लाघारी, जगाते, आदर्शनगर क्षेत्रका बासिन्दा प्रभावित भएका छन् । बाढीले भक्तपुरको सिद्धि स्मृति अस्पतालमा पनि बाढी पसेर भुइँतला जलमग्न भएको छ । च्यामासिंह-जगाती सडक पनि अवरूद्ध भएको छ । बाराही स्थानका केही विद्यालय पनि डुबानमा परेका छन् ।

महेश्वरी खेल मैदानमा बसेका भूकम्प पीडितको शिविर जलमग्न भएपछि पीडितहरुको बिचल्ली भएको छ । उनीहरुको खाद्यान्न, कपडा भिजेका छन् । डुबानमा परेका सबैलाई सुरक्षित स्थानमा सारिएको छ । सो शिविरमा झण्डै ९ सय जना बस्दै आएका थिए ।

हमुन्ते खोलामा हालै आएको बाढीमा बगेर दुई बालक वेपत्ता भएका थिए ।

डुबानमा परेका थप तस्वीर हेर्नुस्


Bhaktapur Duban (4) Bhaktapur Duban (3) Bhaktapur Duban (2) Bhaktapur Duban (1) Bhaktapur Duban (5) Bhaktapur Duban (6) Bhaktapur Duban (7) Bhaktapur Duban (8) Bhaktapur Duban (13) Bhaktapur Duban (12) Bhaktapur Duban (11) Bhaktapur Duban (9)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment