Comments Add Comment

कट्रिनाले पत्याइनन् आफ्नै प्रेमीलाई, साहरुख र सलमानको मात्र फिल्म चल्ने दाबी

srk-and-katrina
बलिउड नायिका कट्रिना कैफले बी टाउनका सबै सफल नायकसँग काम गरिसकेकी छिन् । पहिलो चलचित्रमा नै आफ्नो सेक्सी छवि प्रस्तुत गर्दै बलिउडमा प्रवेश गरेकी कटि्रनाले आफ्नै प्रेमी रणवीर कपुरलाई भने पत्याइनन् ।

उनले बलिउडका सुपरस्टार साहरुख खान, सलमान खान र अक्षय कुमार मात्र भएकाले बक्स अफिसमा उनीहरुको चलचित्र चल्ने दाबी गरेकी हुन् । तर, उनले रणवीर कपुरलाई सुपरस्टार देखिनन् ।

कट्रिनाले साहरुखसँग काम गरेको चलचित्र ‘जब तक हे जान’ हिट भएको थियो । सलमान खानले त कट्रिनाको करिअर नै बलिउडमा चम्काइदिएका थिए । सायद, यसैले पनि हुनुपर्छ उनी साहरुख र सलमानलाई मात्र स्टार मान्छिन् ।

न्यू कमर नायकहरुको बारेमा उनले दिएको अभिव्यक्तिले उनी आलोचनामा थिइन् । तर, उनले अधिकांश नयाँ नायकहरुसँग नै काम गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment