Comments Add Comment

पेट्रोलियम पदार्थको अभाव नरहेको निगमको दाबी

Pertol line

१० भदौ, काठमाडौं । नेपाल आयल निगमले बजारमा पेट्रोलियम पदार्थको अभाव नरहेको दावी गरेको छ । अभाव हुने हल्लाले स्टक राख्ने मनासयमा धेरै उपोभोक्ताहरु पेट्रोल पम्पमा पुग्दा अभाव जस्तो देखिएको आयल निगमले स्पष्ट गरेको छ ।

तराईका क्षेत्रमा जारी बन्दले पेट्रोलियम पदार्थको आयात प्रभावित भएपनि अभावकै अवस्था नरहेको निगमले जनाएको छ । निगमका प्रवक्ता सिताराम पोखरेलले तेल ल्याउने क्रम नरोकिएको स्पष्ट गर्दै अभावको हल्लाको पछि नलाग्न उपोभोक्तालाई आग्रह गरे ।

४ लाख २५ हजार लिटर पेट्रोल बजारमा

निगमले बिहीबार मात्रै काठमाडौंमा ४ लाख २५ हजार लिटर पेट्रोल बिक्री गरेको छ । काठमाडौंमा दैनिक ३ लाख लिटर पेट्रोलको माग छ । तर, बजारमा माग बढेकाले त्यस अनुरुप थप १ लाख २५ हजार लिटर पेट्रोल पठाइएको प्रवक्ता पोखरेलले बताए ।

यस्तै बजारमा ५ लाख ५५ हजार लिटर डिजेल पठाइएको निगमले जनाएको छ । बजारमा अभावको हल्लाले डिजेलको माग पनि बढेको छ । अहिले भईरहेको आपूर्तिले तेलको माग धान्न ठूलो समस्या नरहेको पोखरेलले बताए ।

स्कर्टिङ गरेका ट्याङकर आउँदै

रक्सौलबाट नेपालका लागि तेल भरेर हिँडेका ट्याङ्करलाई स्कर्टिङ गरेर ल्याउने क्रम पनि जारी रहेको छ । मंगलबार राति मध्यमाञ्चल क्षेत्रीय प्रशासकको सक्रियतामा स्कर्टिङ गरेर तेल ट्याङ्करहरुलाई मकवानपूरको चुरे क्षेत्रसम्म ल्याईएको थियो ।

बुधबार रातिस्कर्टिङका लागि बारा र पर्साको राजमार्ग क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । अहिले ७९ वटा ट्याङ्कर तेल लिएर तराई क्षेत्रबाट हिँडेका छन । ती ट्याङ्कर काठमाडौं आएपछि आपूर्तिको अवस्था सामान्य बन्ने निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment