Comments Add Comment

६ दिनमा कती कमायो होस्टेल रिटर्न्स ?

hostel-returns-photo

३ दिनमा १ करोड ग्रस कलेक्शन गरेको चलचित्र ‘होस्टेल रिटर्न्स’ले ६ दिनको कमाई सार्वजनिक गरेको छ । निर्माता सुनिल रावलले आज आयोजित चलचित्रको प्रेस शोमा नै चलचित्रको कुल कमाई सार्वजनिक गरेका हुन् ।

देशका विभिन्न स्थानमा भैरहेको बन्द र आन्दोलनका कारण चलचित्रको व्यापार केही प्रभावित भएको छ  । चलचित्रले प्रदर्शनमा आएको पहिलो दिन शुक्रबार काठमाण्डौबाट १९ लाख ४३ हजार ८ सय ८२ रुपैयाँको कारोबार गरेको थियो भने काठमाण्डौ बाहिरबाट ९ लाख ४५ हजार ७ सय ८५ रुपैयाँको व्यावार गर्दै कुल २८ लाख ८९ हजार ६ सय ६८ रुपैयाँको व्यापार गरेको थियो ।

चलचित्रले शुक्रबार काठमाण्डौका हलमा राम्रो व्यापार गर्‍यो । शनिबार ७० लाखको व्यापार गरेको चर्चा भएपनि चलचित्रले काठमाण्डौबाट ३५ लाख ६८ हजार १ सय ३५ र मोफसलबाट २५ लाख २७ हजार ४ सय ९३ रुपैयाँको व्यापार गर्दै कुल ६० लाख ९५ हजार ६ सय २९ रुपैयाँ कमायो ।

तेश्रो दिन अर्थात आइतबार काठमाण्डौबाट ११ लाख ५५ हजार ९ सय ७३ र काठमाण्डौ बाहिरबाट ३ लाख २८ हजार ९ सय ९३ कमाई चलचित्रले गरेको छ । सोमबार काठमाण्डौबाट १० लाख १७ हजार ५ सय ६३ र काठमाण्डौ बाहिरबाट २ लाख ५९ हजार ५ सय ६८ रुपैयाँको कारोबार चलचित्रले गरेको छ ।

मंगलबार काठमाण्डौबाट ८ लाख २३ हजार ९७ र काठमाण्डौ बाहिरबाट ६ लाख ४० हजार ७ सय ४२ रुपैयाँको ग्रस कलेक्शन चलचित्रले गरेको थियो । वुधबार काठमाण्डौमा व्यापार केही बढ्दै ९ लाख २४ हजार ८ सय ९५ र मोफसलमा ५ लाख २६ हजार ६ सय ३० को व्यापार भएको देखिन्छ ।

बक्स अफिसमा चलचित्रले वुधबारसम्म १ करोड ४६ लाख ६२ हजार ७ सय ७२ रूपैयाँको व्यापार गरेको छ । बन्दको समयमा चलचित्रलाई यो व्यापारका लागि काठमाण्डौले ठूलो देन गरेको छ । ठूलो हिन्दी चलचित्र नहुनु र सिंगल प्रदर्शनका कारण पनि चलचित्रको व्यापार राम्रो देखिएको छ । सुरज भुषालको निर्देशन र सुनिल रावलको लगानीमा बनेको चलचित्रले यूवायूवतीको होस्टेलको कथा भन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment