Comments Add Comment

उपकुलपति नियुक्तिमा कांग्रेसले एकलौटी गरेको भन्दै एमाले रुष्ट

Uml-Top-leader

१० भदौ, काठमाडौं । नेकपा एमालेले विश्व विद्यालयका उपकुलपतिसहितका राजनीतिक नियुक्तिमा कांग्रेसले एकलौटी गरेको भन्दै आपत्ति जनाएको छ ।

एमाले स्थायी कमिटीको बैठकले कांग्रेससँग वार्ता गर्न नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल नै गठन गरेको छ । कार्यदलमा सरकारमा पार्टीको नेतृत्व गरेका गृहमन्त्री बामदेव गौतम, महासचिव इश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव भीम आचार्य छन् ।

साथै निर्णय पुनर्विचार गर्न प्रधानमन्त्री सुशील कोइरालाको ध्यानाकर्षण गराएको छ । ‘विश्वविद्यालयको उपकुलपति लगायतका राजनीतिक नियुक्तिमा हाम्रो गम्भीर आपत्ति छ’ सचिव योगेश भट्टराईले अनलाइनखबरसँग भने-‘यो गठवन्धन संस्कृति विपरित छ । र कांग्रेसको हेपाह प्रवत्ति हो ।’ उनले अघि भने-‘कांग्रेस मुख्य शासक र एमाले उसको सहयोगी होइन, बराबर हो ।’

प्रधानमन्त्री एवं कुलपति सुशील कोइरालाले हालै मात्र त्रिभुवनसहितका चार विश्व विद्यालयमा उपकुलपति नियुक्त गरेका थिए ।

एमाले स्थायी कमिटीको बैठकले विभिन्न पक्षहरूबाट आएका जायज सरोकार र मागलाई संविधान निर्माणको क्रममा सम्बोधन गर्ने अधिकतम पहल गर्ने निर्णय गरेको छ । तर, कतिपय घटना भने नियोजित भएको एमालेको निष्कर्ष निकालेको छ ।

बैठकले आन्दोलनरत विभिन्न पक्षहरूलाई शान्तिपूर्ण रूपबाट प्रस्तुत हुन, संविधान बन्न नदिने तत्वहरूले अनुचित लाभ उठाउनसक्नेे सजग हुन र वार्ताको माध्यमबाट समाधान खोज्न आहृवान गरेको छ ।

साथै सामाजिक सद्भाव बिथोल्न, जनताबीचका एकतालाई कमजोर गर्न र हिंसा फैलाउन भइरहेका प्रयास भइरहेकेा भन्दै संविधान निर्माण र सामाजिक सद्भावलाई सुदृढ गर्न संयुक्त पहलकदमीका लागि आहृवान गरेको छ ।

एमालेले संविधानसभा सचिवालयले बनाएको कार्यातालिका छोट्याएर भएपनि छिट्टै नयाँ संविधान जारी गर्नु पर्नेमा जोड दिएको छ । सचिव भट्टराईले भने-‘कार्यतालिका छोट्याएर भएपनि छिट्टै संविधान जारी गर्नुपर्छ । लामो हुँदा कचिंगल बढ्नसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment