Comments Add Comment

बंगलादेशलाई हराउँदै भारत फाइनलमा, उपाधिका लागि नेपालसँग भिड्ने

१० भदौ, काठमाडौं । बंगलादेशलाई सडन डेथमा पराजित गर्दै भारत पहिलो यू-१९ साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

अब उपाधिका लागि घरेलु टोली नेपालसँग खेल्नेछ । नेपाल अफगानिस्तानलाई ३-२ ले पराजित गर्दै यसअघि नै उपाधि नजिक पुगेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भारत र बंगलादेशले निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरी खेलेको थियो । टाइब्रेकरमा ३-३ गोल भएपछि खेलको निर्णय सडन डेथमा पुग्यो ।

सडन डेथमा भारतका खेलाडीले गोल गरे । तर, बंगलादेशका रहमाटको प्रहार आकासियो र भारत सडन डेथमा ४-३ ले विजयी भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment