Comments Add Comment

नौ कक्षामा पढ्ने किशोरी सौता लाग्न खोज्दा …

Abisekh-thing

१० भदौ, काठमाडौं । सर्लाही पत्थरकोटकी १८ वर्षीया किशोरी सोनिया श्रेष्ठ काठमाडौको गौशालास्थित होटलमा मृत फेला परिन् ।

होटल गौशालाको रुम नम्बर ११८ मा मृत अवस्थामा भेटिएकी सोनियाको साथ कोही थिएन । दुई दिनअघिदेखि सोनियासँग होटलमा रहँदै आएका युवक भने होटलबाट फरार भइरहेका थिए । होटल सञ्चालकलाई शंका लाग्यो, किशोरीको हत्या त्यही युवकबाट भयो ।

होटलमा बस्ने युवकको नाम, ठेगाना र फोन नम्बर दर्ता थियो । होटल मालिकले तत्काल गौशाला प्रहरीलाई खबर गरे । खबर लगत्तै प्रहरी होटलमा पुग्यो ।

होटलमा दर्ता भएको मोबाइलमा डायल गर्यो । तर सम्बन्धित युवक फेला परेन । तर, साँझ अभियुक्तलाई पक्राउ गर्न प्रहरी सफल भयो । ‘न त होटलमा दर्ता भएको युवकको मोबाइल नम्बर सहि थियो न त नाम’ गौशाला प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक सुरेन्द्र मैनालीले भने-‘तर अरुलाई प्रयोग गरेर फोन गर्न लगाई केएमसी हस्पिटल नजिकबाट पक्राउ गर्न सफल भयौं ।’

होटलमा दर्ता गरेको नाम र सम्पर्क नम्बर नै गलत लेखाएपछि प्रहरीले अभियुक्तलाई केरकार गर्न गाह्रो परेन । प्रहरीले घटना लगत्तै पक्राउ गरेका सर्लाही पत्थरकोटकै युवक अभिनाश थिङले किशोरीको हत्या गरेको स्वीकार गरे ।

थिङका अनुसार उनी र सोनियाबीच तीन वर्षअघिदेखि नै प्रेम सम्वन्ध थियो । तर, अभिनाश विवाहित युवक हुन् । उनी दुई महिनाकी छोरी र ४ वर्षका छोरा श्रीमतीको साथमा पत्थरकोटमै बस्दै आएका थिए ।

थिङले सोनियालाई १५ वर्षकै कलिलो उमेरमा मायाजालमा पारेको प्रहरीको प्रारम्भीक बयानबाट खुलेको छ । थिङले सोनियालाई विवाह गर्ने भन्दै फकाएर काठमाडौं ल्याएका रहेछन् । सर्लाही पत्थरकोटकी नौ कक्षामा पढ्दै गरेकी किशोरी प्रेमीसँगै काठमाडौ आएकी थिइन् ।

तर, अभियुक्त थिङले सोनियाको हत्या गर्ने योजना काठमाडौं आउनुअघि नै बनाएको हुन सक्ने प्रहरीको अनुमान छ । थिङ वैदेशिक रोजगारीमा जाने तयारीमा रहेको डिएसपी मैनालीले बताए ।

बिहीबार बिहान सर्लाही नै फर्किन नमानेपछि किशोरीको हत्या गरेको अभियुक्तको बयानमा खुलेको छ । बिहीबार विहान साढे ५ बजेतिर घर फर्किने भन्दा किशोरीले विवाह गरी पहिलाको श्रीमतीलाई छाडेर काठमाडौमा बस्न भनेपछि दुई जनाबीच झगडा भयो ।

त्यही बेला आवेगमा आएर किशोरीको हत्या गरेको थिङले प्रहरी समक्ष बयान दिएका छन् । प्रहरीले थप अनुसन्धान भएरहेका बताएको छ ।

पाहुनाको विवरण नराख्ने होटल सञ्चालक कारवाहीमा

प्रहरीले राजधानीका सवै होटलमा तथा गेष्ट हाउसमा बस्ने पाहुनाको पूर्ण विवरण राख्नुपर्ने उर्दी जारी गरेको छ ।

‘राजधानीका सवै होटल सञ्चालकहरुलाई पाहुनाको सबै विवरण राख्न निर्देशन दिएको छौं’ काठमाडौं प्रहरी प्रमुख उत्तमकुमार कार्कीले भने-‘सकेसम्म होटलमा बस्ने पाहुनाको फोटो समेत खिचेर राख्न हामीले आग्रह गरेका छौं ।’

होटलमा बस्ने गेष्टको विवरण नराखेमा कुनै घटना घटेमा होटल सञ्चालक नै जवाफदेही हुनुपर्ने प्रहरी प्रमुख कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment