Comments Add Comment

मोबाइल बैकिङ सेवाप्रति बढ्यो आकर्षण

रमेश रावल

११ भदौ, कालिकोट । कालिकोटमा पछिल्लो समय मोबाइल बैकिङ सेवा लिनेको संख्या बढ्दै गइरहेको छ । घरमै बसेर मोबाइलबाट बैंकिङ कारोबार गर्न सकिने भएको हुँदा यो सेवाप्रति यहाँका ग्राहकहरु आकषिर्त भएका हुन् ।

Extreme close-up of hand holding a modern smartphone with a generic mobile banking app running. This is a version without amounts and currency symbols . Note to inspector, concerning copyright etc: The whole screen (every single graphic element, including battery indicator) is designed by myself.कालिकोटमा रहेको राष्ट्रिय बाणिज्य बैंक र ग्लोबल आइएमई बैंकबाट झण्डै ३ हजार जनाले मोबाइल बैकिङ सेवा लिएका छन् ।

राष्ट्रिय बाणिज्य बैंकबाट मोबाइल बैकिङ सेवा दिन लागेको वर्ष दिन भयो । यस अवधिमा एक हजार ४ सय जनाले मोबाइल बैंकिङ सेवा लिएका छन् ।

ग्लोबल आइएमई बैंकले सेवा सुरु गरेको ५ महिनामा करिव ५ सय ८९ जनाले मोबाइल बैंकिङ सेवा लिएका छन् । ग्रामिणस्तरमा यो सेवा निकै सजिलो र सरल भएको हुँदा मोबाइल बैकिङ सेवाप्रति ग्राहकहरु आकषिर्त भएको ग्लोबल आइएमई बैंकका कालिकोट शाखा प्रमुख मन्दीप बरालले बताए ।

‘घरमा नै बसेर मोबाइलबाट बैंकिङ कारोबार गर्न सकिन्छ’ उनले भने- ‘त्यो कारणले पनि सेवाग्राहीहरु यो सेवाप्रति आकषिर्त भएका हुन् ।’ मोबाइल बैंकिङ सेवाबाट ग्राहकहरुले घरमा नै बसेर टेलिफोनको महशुल तिर्न, पैसा खाताबाट अर्को खातामा जम्मा गर्न, रिचार्ज गर्न सजिलो भएको कारणले ग्रामिण इलाकामा यो सेवा आक्रषण रहेको राष्ट्रिय बाणिज्य बैंक कालिकोट शाखाका निमित्त प्रबन्धक जयप्रकाश बरालले बताए ।

‘मोबाइलमा नै बैंक रहेको छ’ उनले भने- ‘मोबाइलबाट नै सबै सेवा सुबिधा पाउने भएका कारणले यो सेवाप्रति ग्राहकहरु आकषिर्त भएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment