Comments Add Comment

बच्चाको सालनालबाट बायोग्याँस !

११ भदौ, काठमाडौं । बच्चाको सालनाल -प्लासेन्टा)बाट पनि बायोग्याँस उत्पादन हुन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर, दैनिक रुपमा नेपालकै सबैभन्दा बढी प्रसूति गराउने परोपकार प्रसूति अस्पताल थापाथलीले सालनाललाई नै कच्चा पदार्थका रुपमा प्रयोग गरेर बायोग्याँस निकाल्ने तयारी गरेको छ ।
r-insersi-tali-pusat-centralis
अस्पतालले यसै वर्षबाट बायोग्याँस उत्पादन गर्न कार्ययोजनासमेत तयार गरिसकेको जनाएको छ । कार्ययोजनाअनुसार सरकारले ३० लाख रुपैयाँ बजेट छुट्याइसकेको छ । यसका साथै बायोग्याँस उत्पादनका लागि अस्पतालले वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रसँग प्राविधिक तथा अन्य सहयोगका लागि प्रस्ताव पेस गरेको राजधानीमा खबर छ ।

प्रसूति अस्पतालमा सरदर दैनिक रुपमा ३५ देखि ४० सालनाल निस्कने गरेको छ । त्यसरी उत्पादन भएको सालनाल र दैनिक रुपमा खेर जाने खानेकुरा मिलाएर बायोग्याँस निकाल्ने तयारी भएको अस्पतालका निर्देशक प्रा.डा. जागेश्वर गौतमले बताए । गत वर्ष दैनिक सरदर ५१ जना बच्चा जन्म भएको र त्यसबाट ३५ देखि ४० केजीसम्म सालनाल निस्केको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment