Comments Add Comment

कृषि सचिवले भने-मिल्क होलिडे हुन दिन्नँ

milk collection
११ भदौ, काठमाडौं । कृषि मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले कुनै पनि हालतमा मिल्क होलिडे हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । पछिल्लो समय इलाम, काभ्रे, ललितपुरलगायत जिल्लामा उद्योगले दूध नकिनेपछि केही दिन मिल्क होलिडे भएकोतर्फ इंगित गर्दै उनले मिल्क होलिडे रोक्न अल्पकालीन र दीर्घकालीन उपाय अपनाउने बताए ।

दूध उत्पादन बढी भए पनि उद्योगीले सातामा एक वा अधिक दिन कृषकहरुको दूध नकिन्ने अवस्था आउनु मिल्क होलिडे भएको कारोबारमा खबर छ ।

उद्योगले बढी दूध खपत घटेको, भदौदेखि दूध उत्पादन बढेको, झोल दूधलाई पाउडर बनाउने चितवन मिल्क उद्योग बन्द भएको र पछिल्लो समय बन्दका कारण दुग्ध बजारीकरणमा समस्या आउनुलाई आंशिक मिल्क होलिडेको कारण मान्दै सचिव भट्टराईल्े समस्या समाधानका लागि कृषि विकास मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment