+
+

दाँतसँग जोडिएको छ मुटुको स्वास्थ्य

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ११ गते ८:३१

Teeth1

विभिन्न अध्ययन अनुसन्धानबाट पुष्टि भैसकेको छ की मुखको स्वास्थ्यसँग मुटुको स्वास्थ्य जोडिएको छ । मुखका विभिन्न संक्रमण तथा रोगहरु भएका मानिसमा मुटुसम्बन्धी समस्याहरु बढि पाइने गरेको छ । धेरै मानिसहरु मुखभित्रको सफाइ तथा हेरचाहमा खासै ध्यान दिँदैनन् । दाँत दुखेर असह्य नभएसम्म डाक्टरकोमा उपचारका लागि नजाने बानी हुन्छ धेरैको । यस्तो खालको लापरवाही मुटुका लागि हानिकारक हुने विज्ञहरुको भनाइ छ ।

मुटुरोग विज्ञका अनुसार मुखको हेरचाह र मुटुको हेरचाह एक अर्कासँग सम्बन्धित छन् । उनीहरु भन्छन्, ‘केही विरामीहरु सुर्ति चपाउँछन्, धुम्रपान गर्छन् । उनीहरुले मुखको स्वास्थ्यमा ध्यान नदिँदा गिँजा सुन्निने तथा रातो हुने अर्थात् सीआरपी पैदा हुन्छ । यो सिधै मुटरोग सँग जोडिएको छ । गिँजामा संक्रमण गर्ने जिवाणुले मुटुको भल्भमा संक्रमण गर्दछ । सुर्ति सेवन गर्ने मानिसमा मुटुको धमनी बन्द हुने समस्या पनि उत्पन्न हुनसक्छ ।’
Teeth doctor
मुटुरोग विज्ञका अनुसार दिनमा दुइ पटक दाँत ब्रस गर्नाले मुटुको समस्याबाट बँचाउन सहयोग गर्छ ।

दन्त चिकित्सकहरुका अनुसार दाँतका रोगीहरुको उपचारका क्रममा मुटु समेत चेकजाँच गर्नु आवश्यक हुन्छ । मुखको संक्रमणको सम्बन्ध मुटुको स्वास्थ्यसँग जोडिएको हुनाले कुनैपनि उपचार सुरु गर्नु भन्दा पहिले विरामीको प्रोफाइलेक्टिक एन्टिबायोटिक्स दिइन्छ । अस्पतालमा पनि कुनै इलेक्टिभ सर्जरी वा रेडियोथेरापी गर्नुअघि विरामीको दाँतको चेकअप गराइन्छ ।
Teeth2
यसरी गरौँ दाँतको हेरचाह
दिनहुँ दुइपटक दाँत माझ्ने, गुलियो खानेकुरा खाएपछि मुख कुल्ला गर्ने, रातमा सकेसम्म गुलियो खानेकुरा नखाने अल्कोहल,  सफ्ट ड्रिक्स पनि धेरै सेवन नगर्ने, बोतलको ढकनी खोल्दा, ओखर फोड्ने जस्ता कामका लागि दाँतको प्रयोग नगर्ने, दाँतको सफाइ राम्रोसँग गर्ने, डेन्टिस्टले सुझाए अनुसारको माउथवासको प्रयोग गर्ने, गिँजा सुन्निने, दुख्ने तथा रगत आउने भएमा तत्कालै दन्त चिकित्सककोमा गएर उपचार गराइहाल्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?