Comments Add Comment

बन्दले एक लाखभन्दा बढी मजदुर बेरोजगार

११ भदौ, मोरङ  । संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण मोरङ-सुनसरी ओद्यौगिक करिडोर क्षेत्रका करिब पाँच सय उद्योगमा कार्यरत एक लाखभन्दा बढी मजदुर बेरोजगार भएका छन् ।

उद्योग संगठन मोरङका अनुसार मोरङ-सुनसरी औद्योगिक करिडोरमा बन्दकर्ताले उद्योगधन्दा सञ्चालन गर्न नदिएका मजदुर बेरोजगार भएका हुन् ।

खास गरेर दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई समेत दैनिक गुजारा टार्न समस्या पर्न थालेको औद्योगिक मजदुर सीताराम चौधरीको भनाइ छ । त्यस्तै मासिक तलब भत्तामा काम गर्नेहरु पनि उद्योगधन्दा सञ्चालन नहुँदा हात मुख जोर्नसमेत मुस्किल पर्न थालेको नयनराज कार्की बताउँछन् ।

मोरङका व्यापार संघका अनुसार मजदुर-कर्मचारीको तलब, बैंकको ब्याज, भन्सारको ड्यारेज शुल्क, विद्युत्लगायत जोड्दा दैनिक रु १५ करोड नोक्सानी बेहोरिरहेको छ । उत्पादन भएका वस्तु निर्यात गर्नसम्म नपाएको, भारतबाट आयात गरिएको वस्तु यातायात बन्दले गर्दा भन्सार नाकामै थन्किएर बसेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment