Comments Add Comment

बर्दिबासमा तीन बसमा आगजनी

११ भदौ, काठमाडौ । तराई-मधेस केन्द्रित आन्दोलन भइरहेको बेला महोत्तरीको बर्दिबासमा रोकिरहेको तीन वटा बसमा आगजनी भएको छ ।

Mahotariघर अगाडि पार्किङ गरी राखिएको तीन वटा बसमा अज्ञात समूहले आगजनी गरेको इलाका प्रहरी कार्यालय बर्दीबासले जनाएको छ ।

बर्दिबास-१ बरगाछीमा घर अगाडि पार्किङ गरी राखिएको ना ५ ख २६९४ नम्बरको बस तथा ना ५ ख ४९९४ नम्बरको बसमा आगजनी भएको हो । आगजनी भएको अर्को एक बसको भने नम्बर नखुलेको प्रहरीले जनाएको छ । जलेश्वर-बर्दिर्बास-काठमाडौ चल्ने बसहरु अज्ञात समूहबाट आगजनी भएको प्रहरीले जनाएको छ ।

आगजनीबाट दुई वटा बस पूर्ण रुपमा ध्वस्त भएको छ भने एउटा बस स्थानीयवासी र प्रहरीले तत्कालै निभाएकोले कम क्षति भएको प्रहरी जवान रामकुमार कुवँरले जानकारी दिए । आन्दोलनकारीले नभई ब्यक्तिगत रिसिबीकै कारण बसमा आगजनी गरिएको हुन सक्ने प्रहरीको आशंका छ । घटनास्थलको नजिकै जंगल रहेको छ ।

तराई-मधेसमा केही दिनदेखिको आन्दोलनले गर्दा त्यसक्षेत्रको जनजीवन प्रभावित हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment