Comments Add Comment

एक दिनमै एक अर्बले चलाए फेसबुक

Facebook

विश्वको सबैभन्दा ठूलो सोसल नेटवर्किङ साइट फेसबुक प्रयोग गर्नेको संख्या दैनिक १ अर्ब नाघेको छ ।

फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकरबर्गका अनुसार गत सोमबार फेसबुकले यो अभूतपूर्व सफलता हात पारेको हो । एक ब्लग पोष्टमार्फत जुकरबर्गले सोमबार एकैदिनमा १ अर्ब भन्दा बढिले फेसबुक चलाएको भन्दै जुकरबर्गले लेखेका छन्, ‘विश्वका हरेक ७ मा एक जनाले आफ्ना साथीभाई तथा परिवारसँग जोडिनका लागि फेसबुक प्रयोग गरे ।’

फेसबुकका मासिक प्रयोगकर्ताको संख्या डेढ अर्ब छ । तर दैनिक रुपमा एक अर्बले आफ्नो फेसबुक अकाउण्ट चलाएको यो पहिलोपटक हो । फेसबुकका कुल प्रयोगकर्ताको संख्या सन् २०१२ को अक्टोबरमै १ अर्ब पुगेको थियो । १ अर्ब मासिक प्रयोगकर्ताको त्यो संख्यालार्य फेसबुकले ३ वर्षमै दैनिक प्रयोगकर्ता बनाउन सफल भएको हो ।

बिहिबार जुकरबर्गले आफ्नो फेसबुक पेजमा गरेको पोष्टमा फेसबुकका प्रयोगकर्ताको संख्या अझै बढ्दै जाने अनुमान गरेका छन् । हार्वार्ड विश्वविद्यालयमा पढ्दै गर्दा जुकरबर्गले सन् २००४ मा फेसबुक स्थापना गरेका थिए ।

facebook1

फेसबुक पोष्टमा जुकरबर्गले आफुहरु पहिलोचोटी कोशेढुंगामा पुग्न सफल भएको र यो पूरै दुनियाँलाई जोड्ने कुराको सुरुवात मात्र भएको बताएका छन् ।

गत जुलाइमा फेसबुकले विश्वका कुल अनलाइन प्रयोगकर्ता मध्ये आधाले फेसबुक चलाउने दाबी गरेको थियो ।

जुकरबर्गले फेसबुकका प्रयोगकर्ताको संख्य ाझै बढिरहने दाबी गरेपनि विश्लेषकहरुले भने यो विन्दु फेसबुक प्रयोगकर्ताको लगभग उच्चतम विन्दु रहेको र फेसबुकका प्रयोगकर्ताको संख्या अब तिव्र रुपमा नबढ्ने विश्लेषण गरेका छन् । विश्वको दोश्रो धेरै जनसंख्या भएकेा भारतमा फेसबुक प्रयोगकर्ताको संख्या झण्डै उच्चतम विन्दुमै पुगेको र अमेरिका तथा युरोपमा पनि यो अधिकतम नै रहेको देखिएको छ ।

तर अफ्रिका, एसियाका केही देश तथा ल्याटिन अमेरिकामा भने फेसबुक प्रयोगकर्ताको संख्या कम देखिएको छ । विश्वको सबैभन्दा धेरै जनसंख्या रहेको चीनमा फेसबुक प्रतिबन्धित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment