Comments Add Comment

धनगढीमा पनि कर्फ्यू लाग्यो

११ भदौ, धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा पनि कर्फ्यू आदेश जारी गरेको छ । प्रशासनले बिहान ११ बजेदेखि साँझ पाँच बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

फाइल तस्वीर
फाइल तस्वीर

धनगढीको पूर्वमा उर्मा गाविसको सीमानादेखि पश्चिममा कञ्चनपुर, उत्तरमा अत्तरिया नगरपालिकाको सीमाना तथा दक्षिणमा मोहना नदी सीमासम्म कर्फ्यू आदेश जारी गरेको प्रशासनले जनाएको छ ।

टीकापुरमा गत सोमबार भएको हिंसात्मक घटनापछि स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको छ ।

टीकापुरसँगै धनगढीमा पनि हुनसक्ने घटनालाई मध्यनगरगर्दै स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment