Comments Add Comment

जितु, बद्री र निरु अमेरिका आइपुगे

विजय थापा / अनलाइनखबर

nepali-artist-americaवाशिंगटन डिसी । तीज, दशैं तथा तिहार धमाका २०७२ का लागि नेपालका हाँस्य विधाका चर्चित कलाकार जितु नेपाल (मुन्द्रे) प्रसिद्ध लोक गायक बद्री पंगेनी तथा निरु खड्का (निर्मली) अमेरिका आई पुगेका छन् ।

कलाकारलाई बिमान स्थलमा स्वागत गर्न कार्यक्रम आयोजक वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट एलएलसी अमेरिकाका संस्थापक प्रमुख बुद्धीप्रसाद रेग्मी न्यूयोर्कसम्म पुगेका थिए ।

‘नेपालबाट आराम साथ अमेरिका आई पुग्यौ ।’ तिनै कलाकारहरुले एक साथ भने । अब २ महिना अमेरिकामा रहेका नेपाली समुदाय तथा भुटानी समुदायसँग भेटघाट हुने छ ।

दोहारी गीतकी प्रसिद्ध गायिका शिला आले आज राती आई पुग्ने जानकारी दिइएको छ । बद्री पंगेनी र जितु नेपालले अमेरिका पहिलो भ्रमण हो भन्दै न्युयोर्कबाट बाल्टिमोर सम्मको यात्राले उत्साहित भएको बताए । निरु खडकाले दोश्रो भ्रमण रहेको बताइन् ।

अगस्त २९ देखि नोवेम्बर १ तारिख सम्म अमेरिकाका विभिन्न राज्यमा कार्यक्रम हुने भएको छ । आगामी अगस्त २९ तारिखमा हुने उद्घाटन समारोहको बिशेष आयोजना भुटानी कम्युनिटी एसोसिएसन अफ पिट्सबर्ग (बिसीएपी)ले गर्ने छ । अमेरिकामा रहेका भुटानी समुदायका ख्याती प्राप्त कलाकारहरु गायकद्वय ढकाल ब्रदर (कृष्ण तथा मनोज) प्रस्तुतिको लागि तयार भएको बताए ।

२०७२ तिज, दशैं तथा तिहार धमाका नेपाली भाषीहरुलाई मनोञ्जन प्रदान गरिनुको साथै नेपाली समुदाय र भुटानी समुदाय बिच सांस्कृतिक पुल बनाउने मुख्य उद्धेश्य रहेको छ । कार्यक्रमबाट संचित नाफा रकम तथा स्वैच्छिक सहयोग रकम नेपाल पुनर्निर्माण तथा भूकम्प पीडितलाई सहयोग गरिने आयोजकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment