Comments Add Comment

‘भैरव’ र ‘रेशम फिलिली’ हलमा

resam-filili-and-nikhil
५ बर्षपछि नायक निखिल उप्रेती पर्दामा फर्किएका छन् । मधेसका कथालाई मुख्य बिषय बनाएर उनले निर्देशन तथा अभिनय गरेको चलचित्र ‘भैरव’ आजबाट हलमा लागेको छ । चलचित्रमा उनी ‘भैरव खरेल’ नाम गरेका प्रहरीको भूमिकामा छन् । चलचित्रमा अनु शाह, मुरलिधर लगायतका कलाकार पनि छन् ।

निखिल उप्रेतीले देखाएको स्टारडमको छनक फेरि फर्किन्छ या फर्किदैन भन्ने प्रश्नमा यतिबेला ‘भैरव’ देखिएको छ । चलचित्र चलेको खण्डमा नेपालमा फेरि एक्सन बिषयमा चलचित्र बन्ने पक्का छ । निखिल र विराज भट्ट भारतमा हराएपछि नेपालमा एक्सन भन्दा लभस्टोरी चलचित्र धेरै चलेका थिए ।

आजैको दिन चलचित्र ‘रेशम फिलिली’ पनि प्रदर्शनमा आएको छ । वैशाख ११ गते चलेर ७१ लाख ग्रस कलेक्शन गरेको चलचित्रलाई वैशाख १२ मा आएको भुकम्पले ठूलो असर गरेको थियो । ठ्याक्कै ४ महिनापछि यो चलचित्र पनि हलमा लागेको हो । विनय श्रेष्ठ, मेनुका प्रधान, कामेश्वर चौरासियाको मुख्य भूमिका रहेको यो चलचित्र कमेडी शैलीमा आधारित छ । यो चलचित्रले वैशाख ११ मा कमाएको व्यापारलाई निरन्तरता दिन्छ या दिदैन भन्ने प्रश्न अहिले सोझिएको छ ।

आजैबाट नेपाली बजारमा सैफ अली खान र कटि्रना कैफ अभिनित चलचित्र ‘फ्यान्टम’ पनि प्रदर्शनमा आएको छ । चलचित्र ‘होस्टेल रिटन्र्स’ भने आजबाट दोश्रो हप्तामा प्रवेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment