Comments Add Comment

‘उहिले बाजेको पालामा’ खुश्वु र सपना

khusbu-and-sapana
नेपाली चलचित्रमा मौलिकता हराउँदै गएको समयमा पुरानो कथावस्तुलाई समेटेर तयार भएको चलचित्र ‘उहिले बाजेको पालामा’ निर्माण गरिएको छ ।

काठमाण्डौमा  पत्रकार सम्मेलनको आयोजना गर्दै यसको निर्माणपक्षले चलचित्रको बिषयमा जानकारी गराएको छ । बसन्त घर्ती मगर र गणेश बेलवासेले संयुक्त रुपमा निर्देशन गरेको यो चलचित्रमा गुहृेश्वरी बेलवासे, अस्मिता बडुवाल, चेतन कोइराला र यादव सैघालीको लगानी छ ।
विदुर राना मगरको सह निर्देशन रहेको चलचित्रमा दिलिप रायमाझी, नविन श्रेष्ठ, गणेश बेलवासे, खुश्वु खड्का, सपना रोक्का, पूजा रिजाल, मियून जिरेल लगायतका कलाकारको अभिनय छ । uhile-ta-bajeko-pala-ma
पत्रकार सम्मेलनमा बोल्दै नायिका खुश्वु खड्काले एउटा ऐतिहासिक कथावस्तुमा निर्माण भएको चलचित्रमा काम गर्न पाउँदा खुशी लागेको बताइन् । अर्की कलाकार सपना रोक्काले चलचित्रमा आफूले पाएको भूमिकाले उत्साहित भएको बताइन् ।

कलाकार तथा निर्देशक गणेश बेलवासेले चलचित्रको नाम केही पुरानो लागेपनि यसको कथावस्तुले नेपालको मौलिकता, संकृतीलाई झल्काउने बताए ।

चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले अहिलेको समयमा यस्ता बिषयमा चलचित्र निर्माण गर्न आँट गर्ने निर्मातालाई वधाई दिनुपर्ने बताए । कार्यक्रमका विशिष्ट अतिथी चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले चलचित्रको बिषयवस्तुले दर्शकलाई वाध्न सकोस् भन्दै शुभकामना दिएका थिए ।

विपिन आचार्यको संगीत, भरत क्षेत्रीको एक्सन, हरिनारायण चौधरीको छायांकन, गणेश बेलवासेको लेखन, मित्र डी गुरुङको सम्पादन रहेको यो चलचित्रको आज काठमाण्डौको विश्वज्योती हलमा विशेष शो पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment