Comments Add Comment

आर्थिक मुद्दालाई केन्द्रमा राखेर संविधान जारी गर्नुपर्छ : अर्थमन्त्री

१ १  भदौ, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले आर्थिक मुद्दालाई केन्द्रविन्दुमा राखेर नयाँ संविधान जारी गर्नुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को १६ औं वार्षिक साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै उनले अबको मूल मुद्दा आर्थिक विकास हुनुपर्नेमा जोड दिए ।

फाइल तस्वीर
फाइल तस्वीर

अर्थमन्त्री महतले भने, ‘आर्थिक प्रवर्द्धन कसरी गर्न सकिन्छ, लगानीको वातावरण कसरी बनाउन सकिन्छ र उत्पादन वृद्धि कसरी गर्न सकिन्छ भन्ने विषयले महत्व पाउनुपर्छ ।’

संविधान लेखनका अधिकांश समय राजनीतिक तथा भावनात्मक मुद्दामा मात्र केन्द्रित भएको उल्लेख गर्दै उनले भने, ‘पत्रकारिताको मुख्य मुद्दा आर्थिक विषय हुनुपर्छ ।’

पछिल्लो समयमा अधिकारमात्र खोज्ने तर कर्तव्य पालना गर्नुनपर्ने सोचको विकास भइरहेको अर्थमन्त्री महतको भनाइ थियो ।

आफ्नो अधिकारको विषयमा आवाज उठाउँदै गर्दा अरुको अधिकार अतिक्रमण गर्न नहुने बताउँदै उनले हत्या हिंसाले प्रश्रय पाउन नहुने धारणा राखे ।

कार्यक्रममा प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले आर्थिक पत्रकारिता अग्र पङितमा आउनुपर्ने धारणा राखे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका र सेजनका अध्यक्ष विज्ञानविभु अधिकारीले मुलुकको आर्थिक विकासमा पत्रकारिताको महत्वपूर्ण भूमिका हुने बताए ।

साधारणसभाले सेजनको नयाँ नेतृत्वसहितको कार्यसमिति चयन गर्ने छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment