Comments Add Comment

म्यानमारका बाढीपीडितलाई एनआरएनए थाइल्याण्डको सहयोग

nrn thailandबैंकक । गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डले म्यानमारका बाढीपीडितका लागि आर्थिक सहयोग प्रदान गरेको छ । एनआरएनए थाइल्याण्डको नवनियुक्त कार्यसमितिले बाढी पीडितलाई नगद तथा जिन्सी सहयोग प्रदान गरेको हो ।

एनआरएनए थाइल्याण्डले  म्यानमारका बाढी पीडितलाई एक लाख १८ हजार ९७१ थाइ भाट (४० लाख म्यानमार क्याट)का साथै ९५ हजार भाट (३२ लाख क्याट) बराबरको ब्ल्याङकेट, कपडा, तयारी खानेकुरा, दैनिक उपयोग गरिने सामान सहयोगस्वरुप उपलब्ध गराएको हो ।

तीन हप्ताअघि म्यानमारमा आएको बाढीले ठूलो क्षति पुर्याउनुका साथै दर्जनौको मृत्यु र हजारौं घरबारबिहीन भएका थिए म्यानमारका बाढी पीडितका लागि एनआरएनए थाइल्याण्डका संस्थापक, संरक्षक, पूर्व अध्यक्ष, सल्लाहकार, वर्तमान पदाधिकारी, संयुक्त राष्ट्र संघीय संस्थामा काम गर्दै आएका नेपाली र थाइल्याण्डमा बसोबास गर्दै आएका अन्य  नेपालीले सहयोग गरेका थिए  ।

राहत संकलनमा दोस्रो कार्यकाल निर्वाचित एनआरएनए थाइल्याण्डका अध्यक्ष खगेन्द्रराज ढकाल, एनआरएनए थाइल्याण्डका उपाध्यक्षहरु भाबेन्द्र बस्नेत,  आसजिता अवाले, महेन्द्र श्रेष्ठ र कोषाध्यक्ष कान्छा गुरुङ (गाबो) ले सक्रियता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment