Comments Add Comment

कंगनामाथि पनि भएको छ बलिउडमा यस्तो हिंसा

kangana-ranaut
बलिउडमा बक्स अफिस क्विनको रुपमा चिनिदै गएकी नायिका कंगना रनावत अभिनित चलचित्र ‘कट्टी-बट्टी’ प्रदर्शनका लागि तयार छ । कंगना अहिले चलचित्रको प्रचारमा दौडिरहेकी छिन् । उनै कंगनाले बलिउडमा पाइला राख्दा आफूले भोगेको हिंसा एक अंग्रेजी पत्रिकासँग साटेकी  छिन् ।

उनले आफू बलिउडमा कडा मिहिनेत गरेर आएको भन्दै यो सफलता कसैको आर्शिवादले नपाएको बताइन् । कंगनाले बलिउडमा पाइला राख्दा आफूलाई महिलालाई कुनै इज्जत नै नहुने स्थानमा किन आएछु भन्दै निराश भएको पनि खुलाइन् ।

बलिउडमा टप नायिकालाई गर्ने व्यवहार नयाँ नायिकासँग नहुने अनुभव कंगनाको छ । कंगनाले नाम नतोकी धेरै पुरुषहरुबाट नयाँ नायिकालाई नराम्रो व्यवहार हुने खुलाएकी छिन् । कंगनाले यो अनुभव आफूले पनि भोगेको भन्दै भनिन्-‘मलाई देखेर पनि बलिउडका केही पुरुषहरुले यो सिक्न आवश्यक छ कि, नराम्रो व्यवहार महिलासँग गर्नु हुदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment