Comments Add Comment

सोनमलाई जिराफ’, आलियालाई ‘आलु’, यी हुन् बलिउड कलाकारका ‘निक नेम’

soonam-and-aliya
मिडियामा आउने वा चलचित्रको पर्दामा देखिने नामबाट नै हामी कलाकारलाई चिन्छौ । तर, कलाकारलाई बोलाउने नाम भने फरक हुन्छ । विशेषगरि, बलिउडका कलाकारलाई यो क्षेत्रमा आउनु अघि नै नाम परिवर्तन गरेका हुन्छन् ।

बलिउडकी चर्चित नायिका सोनम कपुरलाई उनका पिता अनिल कपुरले घरमा ‘जिराफ’ भनेर बोलाउँछन् । सोनम अग्ली भएकीले अनिलले यस्तो नामले बोलाउने गरेका हुन् ।

यस्तै, अर्की नायिका आलिया भट्टको निक नेम ‘आलु’ हो । ‘तेरे नाम’ चलचित्रकी नायिका भूमिका चावलालाई ‘गुडिया’ नामले बोलाइन्छ ।
बलिउड नायक अफतावलाई उनका साथीहरुले ‘फैमी’ नामले बोलाउने गर्छन् । नायिका श्रद्धा कपुरको नाम त झनै रोचक छ । उनलाई घरमा ‘चिरकुट’ नामले बोलाउने गरिन्छ । नायिका अनुष्का शर्माको निक नेम ‘नुशी’ हो ।

बच्चामा निकै मोटी भएकाले पनि नायिका विपशा वासुलाई उनको घरमा ‘बोन्नी’ नामले बोलाउने गर्छन् । नायिका सेलिना जेट्लीलाई उनको घरमा ‘चिन्की’ नामले बोलाउने गरिन्छ ।

नायिका कोकणा सेन शर्मालाई उनको घरमा र साथीहरुले ‘कोको’ नामले बोलाउने गर्छन् । नायिका प्रियंका चोपडालाई उनको घरमा र साथीहरुले ‘मिठू, मीमी’ नामले बोलाउने गर्छन् । यो कुरा उनका फ्यानहरुलाई खासै थाहा छैन ।

नायक रणविर कपुरलाई उनकी आमा नितु कपुरले ‘रेमन्ड’ नाम राखिदिएकी छिन् । रणविर एक पुर्ण मान्छे भएको र उनको आगमनले उनको जीवन पुरा भएको नितुको वुझाई थियो । नायक साहिद कपुरलाई उनको परिवारमा ‘सासा’ नामले बोलाइन्छ । हुनत, उनलाई ‘डोडो’ नामले पनि बोलाइन्छ ।

ऋतिक रोशनलाई उनको परिवारले ‘डुग्गु’ नामले बोलाउँछन् । मिडिया र उनका फ्यानमाँझ आइसकेको यो नाम अहिले पनि चर्चित छ । चर्चित सुन्दरी नायिका ऐश्वर्या राय बच्चनलाई ‘गुल्लु’ नामले बोलाइन्छ । हुनत, ऐश्वर्यालाई चलचित्रमा आइसकेपछि यो नामले बोलाइएको हो । बच्चन परिवारमा अहिले पनि उनलाई यही नामले नै बोलाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment