Comments Add Comment

भारतसँग मैत्रिपूर्ण फुटबल खेल्न नेपाली टोली पुने प्रस्थान

Nepal-Football-Team

११ भदौ, काठमाडौं । भारतसँग मैत्रिपूर्ण फुटबल खेल्ने नेपाली राष्ट्रिय टोली पुने प्रस्थान गरेको छ ।

प्रशिक्षक ध्रुव केसीसहितको टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको हो । टोलीलाई युवा तथा खेलकुदमन्त्री पुरुषोतम पौडेल र एन्फा अध्यक्ष गणेश थापाले विदाइ गरेका थिए ।

कार्यक्रममा नेपाली टोलीका नवनियुक्त मुख्य प्रशिक्षक प्याटि्रक असिम्स पनि उपस्थित थिए ।

नेपाल र भारतको मैत्रिपूर्ण फुटबल सोमबार पुनेमा हुनेछ । चार महिनापछि हुने साफ च्याम्पियनसिपको तयारीका क्रममा मैत्रिपूर्ण फुटबल हुन लोगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment