Comments Add Comment

असिम्सको तलब ७ हजार डलर, साफको उपाधि दिलाए बोनस पाउने

Patrick-Aussems

११ भदौ, काठमाडौं । नेपाली टोलीका नवनियुक्त मुख्य प्रशिक्षक प्याटि्रक असिम्सले मासिक ७ हजार डलर तलब पाउने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

एन्फाले बिहीबार मात्र असिम्सलाई नेपाली टोलीको मुख्य प्रतिक्षक नियुक्त गरेको थियो । बेल्जियमका पूर्व अन्तराष्ट्रिय खेलाडी असिम्स बिहीबार नै काठमाडौं आइसकेका छन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार असिम्सको तलवका लागि युवा तथा खेलकुद मन्त्रालयले सहयोग गर्नेछ ।

साफ च्याम्पियनसिपलाई लक्षित गरेर असिम्सलाई ६ महिनाका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको हो ।

चार महिनापछि भारतमा साफ च्याम्पियनसिप फुटबल हुनेछ । यदि असिम्सले नेपालाई उपाधि दिलाए १५ हजार डलर बोनेस दिइने एन्फाले जनाएको छ ।

असिम्सले नेपाली टोलीको प्रशिक्षक हुन पाएकोमा खुसी व्यक्त गरेका छन् । भारतसँगको मैत्रिपूर्ण फुटबलपछि साफको तयारी थाल्ने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment