Comments Add Comment

‘होस्टल रिटर्न्स’को प्रदर्शन रोक्न गृहको पत्र

देशभरका हलहरुमा चलिरहेको चलचित्र ‘होस्टल रिटर्न्स’को प्रदर्शनमा गृह मन्त्रालयले रोक लगाएको छ । सो चलचित्रमा सेन्सर बोर्डले काटेका दृष्यहरु समावेश गरेर प्रदर्शन गरिएको भन्दै रोक लगाइएको हो ।

Hostel-returns-poster

स्रोतका अनुसार काटेका दृष्यहरु देखाइएको सूचना पाएपछि बोर्डले गृहलाई पत्र पठाएको थियो । त्यहि पत्रका आधारमा गृहले चलचित्रको प्रदर्शन तत्काल रोक्न संवद्ध निकायहरुलाई पत्र काटेको छ ।

सुनील रावलले निर्माण गरेको चलचित्र अघिल्लो सातादेखि प्रदर्शनमा आएको थियो । चलचित्रले राम्रो कमाइ गरेपछि दोस्रोहप्तामा पनि निरन्तरता पाउने भएको छ ।

सुनील रावलको निर्माण र सुरज भुषालको निर्देशनमा बनेको चलचित्रले एक हप्तामा डेढ करोडभन्दा बढिको व्यापार गरिसकेको छ ।

आमाको पोई म्युट गर्न छुट्योः रावल

निर्माता रावलले भने गृहले पत्र पठाएको कुरा अस्वीकार गरे । उनले अनलाइखबरलाई भने, ‘म पनि यो हल्ला सुनेर गृह मन्त्रालयमा आएर बुझ्दै छु । त्यस्तो पत्र पठाएको छैनौं भन्नुभएको छ,’ उनले भने ।

चलचित्रमा एक पात्रले बोल्ने थेगो ‘आमाको पोई’ लाई म्युट गर्न सेन्सर बोर्डले भनेकोमा एक ठाउँमा भुलवस छुटेको रावलको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment