Comments Add Comment

खगेन्द्र संग्रौलाको ‘इतर विचार’ र सायमीको ‘काठमाण्डू सेल्फी’सार्वजनिक

काठमाडौं । लेखक, आख्यानकार एवम् निबन्धकार खगेन्द्र सङ्ग्रौलाको नयाँ कृति ‘इतर विचार’ नामक निबन्ध संग्रह शुक्रबार सार्वजनिक भएको छ ।

Khagendra-Sangraula-2कृतिमा विभिन्न कालखण्डमा लेखिएका राजनीतिभन्दा पृथक २० वटा समसामयिक लेख समेटिएका छन् ।

कृति सार्वजनिक गर्दै त्रिविविका पूर्वउपकुलपति केदारभक्त माथेमाले सरलरुपमा लेखेर गहिराइसम्म पुगी लेखलाई वजनदार बनाउनसक्ने क्षमता राख्नुहुने लेखक सङ्ग्रौलाको लेखन शैली विशिष्ठखालको भएको बताए ।

लेखक सङ्ग्रौलाले इतिहासले एक किसिमले गति लिइरहेका बेलामा लेखिएका लेख अहिले इतिहासले समय फेरेको बेलामा प्रकाशित भएकाले कतिपयलाई अनौठो लाग्नसक्ने बताए र

यसैगरी साहित्यकार, चलचित्र निर्देशक पत्रकार प्रकाश सायमीको नयाँ कृति ‘काठमाण्डू सेल्फी’नामक सिर्जनात्मक गद्य लोकार्पण गरिएको छ ।

कृतिमा काठमाण्डू सेल्फी, नेपथ्यमा हराएकाहरु, सम्पादक थरिथरिका, मेरो नाम, सवारी मेरो रेलैमा, बम्बइ कथा,लखनाउ डायरीलगायत ४३ लेख समावेश छ ।

पत्रकार रवीन्द्र मिश्रले अन्तरदृष्टिले काठमाडौं नियाल्दा देखिने सचित्र नै ‘काठमाण्डू सेल्फी’ भएको भन्दै यस कृतिमा लेखिएका लेख पढ्दा लेखमा रहेका अपार ज्ञानको भण्डार प्रस्फूटन भएको पाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment