Comments Add Comment

नेशलन अवार्ड पाएको भोलिपल्ट बिहे पक्काः कट्रिना

katrina ranabir

मुम्बई । रणबीर कपुर र कट्रिना कैफलाई एउटै मञ्चमा देख्ने बित्तिकै मिडियाकर्मीको पहिलो प्रश्न हुने गर्छ ‘तपाईहरुको बिहे कहिले हो ?’

रणबीर कट्रिना दुबैले पटक-पटक सामना गरेका छन् यो प्रश्नको । कति ठाउँमा जवाफ दिए होला त कति ठाउँमा त्यत्तिकै टारे पनि ।

कट्रिनाले भने बिबाहको सन्दर्भमा सोधिने प्रश्नको नयाँ उत्तर जुराएकी छिन् । उनको यो रेडिमेड जवाफले केही वर्ष काम गर्ने विश्वास पनि छ ।

हिन्दी चलचित्र ‘फ्यान्टम’ को प्रचार प्रसारका लागि आयोजित कार्यक्रममा संवाददाताले बिबाह कहिले ? भनेर प्रश्न गर्नु पहिले नै उनले भनिन् ‘मलाई थाह छ तपाईहरुले एकछिनपछि बिबाह कहिले भनेर प्रश्न गर्नुहुन्छ । म तपाइहरुलाई अहिल्यै जवाफ सुन्न आग्रह गर्छु नोट गनुहोला ।’

कट्रिनाको यो भनाई सुने लगत्तै कान ठाडो पारेका संवाददाताले बिबाहको मिति पनि सुने ‘नेशनल अवार्ड पाएको भोलिपल्ट बिहे पक्का ।’ उनले बिबाहको सन्दर्भमा अरु कुरा गर्न भने चाहिनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment