Comments Add Comment

किन खेलेनन् धुर्मुसले यसपाली गाईजात्रा ?

Suntali N Dhurmus (2)

लोकप्रिय हास्यकलाकार सिताराम कट्टेल धुर्मुस यसपालीको गाईजात्रे कार्यक्रममा देखिने छैनन् । उनले अभिनय गर्ने श्रृंखला तिते-जिरे-मेरीबास्सै को नाममा कार्यक्रम भए पनि धुर्मुसको कुनै प्रस्तुति समावेश छैन ।

हास्यकलाकारहरुले यसवर्ष हतारमा गाईजात्राको तयारी गरेका थिए । धुर्मुस भुकम्पपछिको पुननिर्माणका काममा व्यस्त रहेकाले गाइजात्रामा खेल्न नभ्याएका हुन् । उनले धेरै वर्षपछि गाईजात्रामा खाली हुँदा नमज्जा लागेको बताए ।

‘यसपाली गाईजात्रालाई प्राथमिकतामा राख्न सकिनँ,’ उनले अनलाइनखबरसित भने, ‘शारीरिक र मानसिक दुवै हिसाबले गाइजात्रा गर्न सक्ने अवस्था रहेन ।’ धुर्मुस र उनकी पत्नी कुञ्जना घिमिरे सुन्तली काभ्रेमा नमुना बस्ति निर्माण गरेर केहि दिनअघि मात्रै फर्किएका हुन् ।

धुर्मसले अभिनय नगरे पनि ब्राण्ड भ्यालुका कारण कार्यक्रमको नामबाट मेरीबास्सैलाई हटाइएको छैन । मेरीबास्सैमा धुर्मुसका पूर्व सहकर्मी केदार घिमिरे माग्नेबुढाको प्रस्तुति गाइजात्रामा रहने छ । घिमिरेले मेरीबास्सै छोडिसके पनि माग्नेबुढाको नाम सो हास्यश्रृंखलाबाट हटाइएको छैन ।

पछिल्लो समय चर्चित भइरहेको भद्रगोल हास्यश्रृंखलाका कलाकारहरुको पनि गाइजात्रामा कुनै प्रस्तुति छैन । उनीहरु पनि धुर्मुसको नेतृत्वमा पुनर्निमाण अभियानमा सामेल थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment