Comments Add Comment

अनुसँग गजितको ‘ए ठूली’

आठौं नेफ्टा फिल्म अवार्डका लागि अहिले कलाकारहरु जोडतोडका साथ तयारीमा लागेका छन् । काठमाडौंको राष्ट्रिय नाचघरमा अवार्डलाई भव्य बनाउन कलाकारहरु तयारीमा लागेका हुन् । कोरियोग्राफर कविराज गहतराजले कलाकारलाई नृत्यको तयारी गराइरहेका छन् ।

अन्तरराष्ट्रिय कलाकार मञ्च, कतारसँग सहकार्य गर्दै नेपाल चलचित्र प्राविधिक संघले अवार्डको आठौ संकरण कतारमा गर्न लागेको हो । अवार्ड असोज ८ गते हुने जानकारी दिइएको छ ।anu-shah

अवार्डका संयोजक शिव पुरीले यसपटक नयाँ शैली अपनाएर अवार्डलाई भव्य बनाउने बताए । यसपटकको अवार्डमा नयाँदेखि पुराना कलाकारहरुले प्रस्तुती दिनेछन् ।

नायिका अनु शाह र नायक गजित बिष्ट अवार्डमा ‘म त मर्छु कि क्या हो ठूली’ बोलको गीतमा नृत्य गर्ने तयारीमा छन् । यसका लागि उनीहरु अभ्यास गरिरहेका छन् । यस्तै, मोडल तथा कलाकार अकेषा बिष्ट र सौरमराज तुलाधर पनि चलचित्र ‘हवल्दार सुन्तली’को ‘डोला डोला’ बोलको गीतमा तयारी गरिरहेका छन् ।

करिब ८० जना कलाकार यसपटकको अवार्ड समारोहका लागि कतार जानेछन् । आर्यन सिग्देल, जीवन लुइटेल, वसुन्धरा भुषाल , अनुपविक्रम शाही, आना शर्मा, पि्रयंका कार्की, केकी अधिकारी, नन्दिता केसी, झरना थापा, गौरव पहारी, वेनिशा हमाल, नम्रता श्रेष्ठ, सौगात मल्ल, अमलिया शर्मा, विनय श्रेष्ठ, मेनुका प्रधान, छुल्ठिम गुरुङ लगायतका कलाकारले यसपटकको अवार्डमा प्रस्तुती दिनेछन् ।

यसपटक नयाँ सोच र शैलीमा अवार्डको तयारी थालिएको नेफ्टाका अध्यक्ष मनोज केसीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment