Comments Add Comment

फुर्ती बढाउन नरिवलको पानी पिउँछिन सन्नी

sunney

मुम्बई । पूर्व पोर्नस्टार एबं बलिउड अभिनेत्री सन्नी लियोनी आफ्नो सौन्दर्यप्रति निकै सचेत छिन् । आफ्नो फिगरप्रति गर्व गर्ने सन्नी फिगर अझै राम्रो होस् भन्ने चाहना राख्छिन् । उनी फिगरकै कारण उनका कतिपय फ्यान फिदा भएको बताउाछिन् ।

भारतीय समाचार माध्यमले उल्लेख गरे अनुसार उनी आफ्नो फिटनेशलाई निकै ध्यान दिन्छिन् । खान खाने तालिका बनाएकी सन्नी उल्लेख नभएको कुरा कहिल्यै खान्निन् ।

नरिवल पानी उनको नियमित आहार हो । नरीवल पानीकै कारण उनले आफुलाई फुर्तिलो भएको महसुस गरेकी छिन् । साथै अनुहारको चमक पनि बढाउने गरेको छ ।

पाएसम्म ताजा खानेकुरा खाने गरी सन्नी सकेसम्म प्याकेटको खानेकुरा खान्निन् । इनर्जी बढाउनका लागि दुध नियमित पिउने गरेकी छिन् सन्नी ।

हरेक स्वास्थ मानिसका लागि पानी अनिवार्य हो भन्ने सन्नी पानीको बोत्तल कहिल्यै छुटाउदिनन् । पानी धेरै खाँने ब्यक्तिलाई कतिपय रोगले छुननसक्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment