Comments Add Comment

उपकुलपति नियुक्ति भएपछि पाँच विश्वविद्यालय ठप्प

१२ भदौ, काठमाडौं । विश्वविद्यालयहरूमा उपकुलपति नियुक्त भएसँगै तालाबन्दीको शृंखला सुरु भएको छ । प्राध्यापकका संगठनहरू तालाबन्दीमा उत्रिएका छन् भने केही विद्यार्थी संगठनले भागबन्डाको विरोध गरेका छन् ।

Tribhuwan Universityप्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति सुशील कोइरालाले आइतबार राति त्रिभुवन, नेपाल संस्कृत, पूर्वाञ्चल, सुदूरपश्चिम र सोमबार कृषि तथा वन विज्ञान विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका थिए । चारवटामा कांग्रेस र कृषिमा एमाओवादीको कोटामा उपकुलपति नियुक्त गरिएको हो । एमालेको कोटामा पोखरा र मध्यपश्चिम विश्वविद्यालय परेको छ । तर, एमालेले उपकुलपतिको उम्मेदवारको नाम सिफारिस गरेको छैन ।

उपकुलपति नियुक्त भएका पाँचवटै विश्वविद्यालयमा ताला लागेको नयाँ पत्रिकामा खबर छ । केही उपकुलपतिले केन्द्रीय कार्यालय टेक्न नपाउँदै तालामाथि ताला थपिएका छन् । उपकुलपति कार्यालयमा ताला लागेपछि नवनियुक्त उपकुलपतिको स्वागत पनि अन्यत्रै गरिएको थियो ।

उपकुलपति नियुक्त भएसँगै विश्वविद्यालयमा नेपाल प्रगतिशील प्राध्यापक संगठन र तराई मधेस लोकतान्त्रिक प्राध्यापक संघले तालाबन्दी गरेका हुन् । शिक्षामन्त्रीले एकलौटी रूपमा नाम सिफारिस गरेको भन्दै प्रगतिशील प्राध्यापक संगठनले पाँचवटै विश्वविद्यालयमा तालाबन्दी गरेको हो ।

प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष डा. यादव लामिछानेले शिक्षामन्त्रीको एकलौटी निर्णयका विरुद्ध पाँचवटै विश्वविद्यालयमा ताला लगाएको बताए । संगठनले त्रिविको मूलगेट र उपकुलपतिको कार्यालयमा ताला लगाएको छ । कार्यालयमा ताला लागेपछि नवनियुक्त उपकुलपतिलाई स्मृति भवनमा स्वागत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment