Comments Add Comment

कैलाली घटनाबारे आदित्यले लेखेः पर्दा पछाडिको खेल

१२ भदौ, काठमाडौं । उपचारका लागि अमेरिका पुर्‍याइएका बालक आदित्य दाहालको स्वास्थ्यमा झिनो सुधार आएको छ ।

फाइल फोटो
फाइल फोटो

क्यालिफोर्नियाको स्ट्याण्डफोर्ड अस्पतालका फिजियोथेरापी गरिरहेका आदित्यले कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनालाई ‘पर्दा पछाडीको खेल’ भनेका छन् ।

केहि दिनयता उनी हात माथि लैजान र सुत्दापल्टिन सक्ने भएको आदित्य संरक्षण प्रतिष्ठानका उपाध्यक्ष लक्ष्मीप्रसाद प्रसाईले बताए । आदित्यका बुवाआमासित नियमित सम्पर्कमा रहेका उनले भने- ‘तर अहिलेसम्म शारीरिक दुर्बलताको कारण पहिचान हुन सकेको छैन । डाक्टरहरुले कुनै औषधी चलाएका पनि छैनन् ।’

हालसम्म गरिएका सबै परिक्षणका रिपोर्टहरु सामान्य छन् । छाति र घाँटीको इन्डोस्कोपी गर्दा कुनै खराबी देखिएन । यद्यपी केहि महत्वपूर्ण परिक्षणहरुको रिपोर्ट आउन बाँकी छ । सबै रिपोर्टहरु आएपछि मात्रै निस्कर्षमा पुग्ने र औषधी सिफारिस गर्ने उनीहरुको भनाइ छ । डाक्टरहरुले पोषण नपुगेको भन्दै ‘ब्यालेन्स डाइट’ सुरु गरेका छन् ।
Aditya-with-father-and-mother
आदित्यका परिबार हाल अमेरिकामा एक आफन्तको घरमा बसिरहेका छन् । उनलाई दैनिक थेरापीका लागि अस्पताल लैजाने गरिएको छ । सधैं हाँसिरहने स्वभावका कारण आदित्यलाई डाक्टरहरुले ‘ह्याप्पि व्वाई’ को संज्ञा दिएका छन् ।

राजदूतले भेटे
अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले स्ट्याण्डफोर्ड अस्पताल पुगेर आदित्यलाई भेटेका छन् । उनले आदित्यलाई हेरिरहेका डाक्टरहरुसित परामर्श समेत गरेका थिए । उनले बालकको उपचारमा कुनै पनि कसर नछाड्न डाक्टरहरुलाई आग्रह गरे ।

आदित्यका बुवा शेषराज दाहालसितको कुराकानीमा उनले उपचारका लागि सरकारले सहयोग जारी राख्ने बताए ।

कैलाली घटनाबारे आदित्य
अमेरिका बसाईका क्रममा पनि आदित्यले सन्देशमुलक टिप्पणीहरु लेख्ने क्रम जारी राखेका छन् । केहि दिनअघि कैलालीमा भएको हिंसात्मक घटनाका विषयमा पनि उनले लेखेका छन् । सो घटनामा पर्दापछाडीबाट मनोबल दिने काम भएको उनको टिप्पणी छ ।
Aditya-Massage1
आदित्यले ७ भदौमा लेखेको सन्देश यस्तो छ-‘देशमा द्वन्द्व, हत्या, हिंसा फेरि मौलाउँदैछ । आमूल परिवर्तनको आकांक्षा खरानी बनि उड्ने पो हुन् कि ? सद्भावपूर्ण सहमतिको खाँचो छ । हिंसा फैलाउन अरुलाई मनोबल दिने र निर्दोषको हत्या गराउने कार्य पर्दा पछाडीबाट भएको छ । उचित किसिमको न्यायिक सर्वमान्य सहमति गरी देशलाई रक्तक्रान्तिको भूमिमा फेरि परिणत हुन नदिनु नै हाम्रो र हामी आम राष्ट्रसेवकको दायित्व बनेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment