Comments Add Comment

यू-१९ साफ च्याम्पियनको उपाधिका लागि नेपालले भारतको सामना गर्दै

१२ भदौ, काठमाडौं । साफ यू १९ च्याम्पियनसीपको उपाधिका लागि शनिबार नेपालले भारतको सामना गर्दै छ ।
सातदोबाटोस्थित अखिल नेपाल फूटबल संघ एन्फा एकेडेमीको मैदानमा दिउँसो साढे तीन बजेपछि हुने खेलमा नेपाली टोली ट्रफी उठाउने लक्ष्यका साथ मैदान प्रवेश गर्दैछ ।
U-19-Team
नेपालका लागि दक्षिण एसिउयाली प्रतियोगितामा सँधै बाधक बनेको भारतलाई आजको खेलमा पराजित गर्ने नेपाली खेलाडीको दाबी छ । उनीहरुले यसअघि कमजोर देखिएको मिडफिल्ड र डिफेन्समा सुधार ल्याउने बताएका छन् ।

नेपाल र भारत जारी प्रतियोगिताका अपराजित टोली हुन् । नेपालले समूहचरणमा भुटान विरुद्ध एकका विरुद्ध तीन गोल गर्दै जीत दर्ता गराएको थियो भने, बंगलादेश विरुद्धको खेलमा पनि एकका विरुद्ध दुई गोल गरेको थियो । त्यस्तै अफगानिस्तानसँग भएको सेमिफाइन खेलमा नेपालले दुईका विरुद्ध तीन गोल गर्दै जीत दर्ता गराएको थियो ।

भारतले भने समूह चरणको खेलामा एक गोल पनि खाएको छैन् । पहिलो खेलमा भारतले अफगानिस्तानलाई दुई शुन्य गोलअन्तरले पराजित गरेको थियो भने माल्दिभ्सविरुद्धको खेलमा तीन शुन्यको गोलअन्तर हात पारेको थियो । त्यस्तै बंगलादेशविरुद्ध भएको सेमिफाइनल खेलमा सडनडेथका आधारमा भारत विजयी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment