Comments Add Comment

नर्थ क्यारोलिनामा सांगीतिक कार्यक्रम हुने

dance

नर्थ क्यारोलिना । अमेरिकाको नर्थ क्यारोलिनामा सांगीतिक कार्यक्रम हुने भएको छ । नेप्लिज एसोसियन अफ साउथइष्ट अमेरिका (नासा) र एसोसियसन अफ नेप्लिज मिडइष्ट अमेरिका (आन्मा)को एघारौ सयुक्त सम्मेलनमा सेप्टेम्बर ४ देखि सांगीतिक कार्यक्रम हुने भएको हो ।

कार्यक्रम अन्तर्गत  सेप्टेम्बर ५ मा ग्रिन्सबोरो स्थित होटल एम्बेसी स्विटमा ‘लाइभ म्युजिक कन्सर्ट एण्ड डिजे’  शिर्षकमा करिब आधा दर्जन गायक गायिकाले सांगीतिक प्रस्तुति दिने भएका छन् ।

साँस्कृतिक कमिटिका संयोजक बिशाल भारतीका अनुसार उक्त कार्यक्रममा बरिष्ट संगीतकार तथा गायक शम्भुजित बास्कोटा,गायक रामकृष्ण ढकाल,सत्य-स्वरूप आचार्य र गायिका आस्था राउत र डिजे गोर्खालीले प्रस्तुति दिने भएका छन् ।

आवर वन ट्रेन्ड नेप्लिज कमिटि सेन्टरको आयोजनामा हुने सांगीतिक कार्यक्रम नेपालको पुनर्निर्माणमा केन्द्रित हुने साँस्कृतिक कमिटिका सहसंयोजक नागेन सोताङले जानकारी दिए । ‘हेल्प अस रिब्लुड नेपाल सेभ द लस्ट एट एनी कष्ट’को सोलोगनमा आयोजना गर्न लागिएको उक्त कन्सर्टका लागि २० डलर टिकेट राखिएको छ ।

सांगीतिक कार्यक्रम बाट संकलित रकम नेपालको पुनर्निर्माणमा लगानी गरिने संयोजक भारतीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment