Comments Add Comment

बिरालो बाँधेर श्राद्ध गर्ने परम्परा छाडौं

जगनाथ कार्की “बिमल”

येनबद्धो बली राजा दानबेन्द्राे महाबलः,
त्रेने त्वां प्रतिबध्नामि रक्षे माः चल माः चल ।।
मन्त्रोचारण गर्दै बच्चा हुँदा घरमा आएर पण्डितजीले डोरो बाँधिदिन्थे । अनि अलि ठूलो भएपछि जनै लाइयो केके मन्त्र पनि पढियो, तर यो जनै लाउनु र त्यो हातमा डोरो बाँध्नुको अर्थ चाँही कहिल्यै बुझिएन ।

rachhya bandhan-2यसो पण्डित बाजेहरुसग सोध्यो रक्षा हुन्छ, बलबुद्धी मिल्छ भन्छन्, सायद मैले सोचेँ पण्डितहरुलाई त्यो भन्दा बढी जानकारी नभएर होला । अब आफूपछिको पुस्ताले सोध्यो भने पनि जवाफ नै छैन । यसो अहिले आएर सोच्दा यो जनै लगाउने चाँही बाबुआमा, परिवारले अब तिमि हाम्रो उत्तराधिकारी हौ । मर्दा-पर्दा सबै जिम्मा तिम्रो हुनेछ भनेर एउटा उत्तराधिकारी चुनेको प्रतिकको रुपमा हो कि भन्ने हामीलाई लागि रहेकाे छ ।

रक्षा बन्धन त झन् धेरै कुराको रक्षाको लागि होला । शाास्त्रमा चाँही भगवान बिष्णुले दानव बलिराजाको नास गरी पाताल लोकमा राज्य गरे तिम्रै साथमा रहन्छु भनेर प्रतिज्ञा गरेको खुसियालीमा यो पर्व मानिएको उल्लेख छ ।

जगनाथ कार्की "बिमल"
जगनाथ कार्की “बिमल”

उता राखीपर्व मनाउनेहरुले फेरि यसलाई महाभारतको युद्धसँग जोडेर हेर्दा रहेछन् । कृष्णले शिशुपाललाई सुदर्शन चक्र प्रहार गर्दा कृष्णको हातमा चोट लगेर रगत बगेको देखेर द्राैपदीले आफ्नो कपडा च्यातेर कृष्णको औंलामा बाँधिदिएको र त्यसबाट प्रसन्न भएर कृष्णजीले के चाहन्छौ भन्दा एउटी चेलीले जस्तै भगवान कृष्णको स्नेह, उपस्थिति सधैं रहिरहोस् भनिन् रे । त्यसबाट राखीको आरम्भ भएको भन्दा रहेछन् । यो धार्मिक, पौराणिक कुरा एक ठाउँमा छ ।

जे होस् हामी नेपाली हाम्रो चिनारी नै हाम्रो चाडबाड, परम्परा, संस्कृति, यी सबै नहुने हो भने हामी के नेपाली ? होइन र ? तर हरेक सांस्कृतिक परम्परा र सामाजिक संस्कारहरुले एउटा जीवन्त सांकेतिक अर्थ, परिभासा बोकेका हुन्छन् र ती संकेत र परिभाषा अनुसार समाजले ग्रहण गरेको हुन्छ तर नेपालमा बिरालो बाँधेर श्राद्धे गर्ने परम्पराले छोड्न सक्या छैन । किन गर्या भन्दा बाउ बाजेले गर्दथै त्यही भएर भन्दिए पुग्यो ।

गर्नेले त गर्यो, देख्नेले त बहुत गलत अर्थ लगाइदिन्छ नि । त्यसै त हिन्दु धर्मको धेरै भगवान छन् के को के हो ? बुझी नसक्नु छ भनेर दुश्प्रचार गर्नेहरु कम छैनन् ।

हरेक सांस्कृतिक परम्परा र सामाजिक संस्कारहरुले एउटा जीवन्त सांकेतिक अर्थ, परिभासा बोकेका हुन्छन् र ती संकेत र परिभाषा अनुसार समाजले ग्रहण गरेको हुन्छ तर नेपालमा बिरालो बाँधेर श्राद्धे गर्ने परम्पराले छोड्न सक्या छैन ।

बिशेष गरेर मधेसी समुदाय र भारतीय हिन्दु समुदायमा रक्षा बन्धनका दिन हात हातमा राखी बाँधेर चेली र दाजुभाइबीचको सम्बन्ध, प्रेम र बाल्यअवस्थादेखिको सम्झनालाई हरेक वर्ष राखी हातमा बाँधिदिएर पुनर्ताजगी गराउने गरिन्छ । हाम्रो पहाडी समुदाय पनि केहीले त मान्छन्, तर तिहारमा टिका लगाउने चलन बढी छ ।

नेवारी समुदायको क्वाँटी, भोज जात्राहरुको सुरुवातको मज्जा अर्कै छ । मान्नु पर्छ हाम्रो देशको संस्कृति र परम्परालाई तर समय सन्दर्भअनुसार परिमार्जनको कमीले मनाउने प्रथामा ह्रास आउन थालेको हो कि । यो चाड हिन्दुहरुको महान चाड हो तर केवल खान , पिउन रमाइलो गर्ने हिसाबमा मात्र चाडबाड परिभाषित हुन थालेका छन् । अझ अहिलेको नयाँ पुस्ताले त त्योबाहेक केही बुझेको छैन, किनकी हामीले नै बुझेका छैनौं ।

हाम्रो परम्परा, संस्कृतिलाई सम्बर्द्धन गर्न र भावी पुस्तालाई सजिलैसँग हस्तान्तरण गर्न अब समय सुहाउदो ब्याख्या र मनाउने बिधिको बिकाश गर्न जरुरी देखिन्छ । मेरो जिज्ञासा र विचारलाई अन्यथा नलिइयोस् । केही कट्टर हिन्दु धर्म अनुयायीहरुलाई जे छ मान्नै पर्छ । बिरालो बाँध्नै पर्छ भन्ने लाग्ला तर भावी पुस्तालाई ब्यवहारिक र यथार्थ ढंगले बुझाउन नसकिने संस्कार भविष्यमा टिक्ला ? अनि इसाई र अन्य धर्मको ब्यापार नबढ्ला ?

हाल भारतीय हिन्दु समुदायमा पनि चाडबाड, संस्कृति र परम्परा मनाउनु र त्यससँग जोडिएका बैज्ञानिक पक्षको परिभाषा गर्ने परम्परा बसेको छ । जस्तै भनौं, तामाको भाडोमा जल राखेर भगवानलाई चढाउने, पीपल, तुलसीलाई पूजा गर्दा आरोग्य अक्सिजन प्राप्त हुने, गउत -गाईको मुत) सेवनले शरिरमा भएको ब्याक्टेरियालाई मार्ने, बिभिन्न चाडबाडमा सेवन गरिने परिकार जस्तै जाडोमा तरुल, तील सेवनले शरिरमा ताप र उर्जा दिन्छ ।

गरिबी र अशिक्षाले ब्याप्त नेपाली समाजमा अधिकांश समय सन्तुलित भोजन नगरिने र छाक टार्न मात्र खान खाने तर अत्यधिक श्रम गर्नुपर्ने भएकोले दशैं र विभिन्न चाडपर्वमा सेवन गरिने अत्यधिक मासु र अन्य परिकारले शरीरलाई चाहिने प्रोटिनको मात्र बढाउने जस्ता पक्ष एकातर्फ छन् भने पारिवारिक भेटघाट, सामाजिक क्रियाकलाप र चाड पर्वमा हुने ब्यापारिक गतिबिधिले अर्थ व्यवस्थालाइ पनि सुचारु गर्न मद्दत गरिरहेका हुन्छन् । धनी वर्गको भने रवाफ बेग्लै छ, रक्सि, जुवा, तास खेल्ने र चाडपर्व मनाउने ।

कमसेकम यस्ता चाडबाडमा केही मानवीय कर्म गर्ने, समाज र सामुदायिक सेवा गर्ने परिपाटी पनि साथसाथै जोडेर परम्परा बनाउन सके झन् सुनमा सुगन्ध हुने र बाहिरी समुदायले हेर्दा पनि अनुकरणीय र स्रहानीय देखिन्छ । यस्ता सबै पक्षलाई समेटेर एउटा राष्ट्रिय स्तरमा संस्कृतिको ब्याख्या, सम्बर्द्धन र प्रबर्धन गर्न नागरिक समाजदेखि सम्बन्धित निकायको अर्थात् संस्कृति मन्त्रालय र मातहतका निकायको पनि ध्यान जान जरुरी भाएको हो कि !

मोरङ्ग (हालः लण्डन)

Twitter @Bimalkarki

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment