Comments Add Comment

विपक्षीको आन्दोलनले मलेशियामा नेपालीको ब्यवसाय चौपट

क्वालालम्पुर । स्वतन्त्र र धाँदलीरहित चुनाव लगायतका विभिन्न माग गर्दै मलेसियामा सरकार विपक्षीहरुले गरेको दुई दिने हड्तालले मलेसियामा रहेका नेपालीहरुको ब्यवसाय चौपट भएको छ ।

malasyaआन्दोलनकारीहरुले प्रधानमन्त्री नाजिब रजाकको राजीनामा माग गरेका छन् । मलेसियामा रेहका स्थानीय संचार माध्यमहरुका अनुसार सरकारले जुलुस आयोजकहरुको वेभसाइट बन्द गरिदिएको जनाइएको छ ।

विभिन्न नारा उल्लेख गरिएका पहेंलो टिसर्ट लगाएका सरकार विपक्षीहरुको ठूलो जुलुस कोताराय आसपासमा भेला हुनुका साथै मर्डेका स्क्वायरमा प्रदर्शन गरे ।

कोताराय मलेसियाको ऐतिहासिक स्थान मर्डेका स्क्वाएर -जुलुस निषेधित क्षेत्र) नजिकै पर्दछ । जहाँ नेपालीहरुले ब्यापार ब्यावसाय गर्दै आएका छन् ।

आन्दोलनको बढी प्रभाव नेपालीले संचालन गरेका व्यवसायमा परेको छ । जुलुसका कारण राजधानी क्वालालम्पुर, जोहोरबारु, मुआर, लगायतका शहरहरुमा रहेका नेपाली लगायत स्थानीयका व्यवसाय शनिबार अधिकांश बन्द भएका छन् ।

कोतारायमा रहेका नेपालीका अधिकार व्यवसाय पूर्णतया बन्द छन् । सरकार विपक्षीहरुको ३६ घण्टासम्म हुने भनिएको उक्त जुलुसको प्रभावले कोताराय आसपासका पसल, रेष्टुराँ, रेमिट्यान्स कम्पनीहरु बन्द भएको छ । ब्यावसाय वन्दा हुँदा लाखौं रिंगिट घाटा भएको व्यवसायीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment