Comments Add Comment

कुवेतमा एभरेष्ट क्लव स्थापनाको १६ वर्ष पूरा, अध्यक्षमा थिङ निर्वाचित

mount everest club-kubetनबराज पन्थी

कुबेत । कुवेतमा क्रियाशील रहेको नेपालीहरुको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब स्थापनाको १६ वर्ष पूरा भएको छ ।
१६ वर्ष पूरा गरेको यस क्लवको छैटौं अधिबेशनले जितेन थिङलाई अध्यक्षमा निर्वाचित गरेको छ । जितेन यसअघि संस्थाको सचिव थिए ।

यस्तै, नयाँ छैठौं अधिवेशनबाट उपाध्यक्षमा ईन्द्र पोखरेल (चितवन), सचिवमा डम्बर रिमाल (बारा), सहसचिवमा सुरेश गुरुङ (संखुवासभा, कोषाध्यक्षमा चन्द्र तामाङ खोटाङ (पोखरा) निर्वाचित भए ।

बरिष्ठ सदस्यमा किरण पौड्याल, जय आले, ईन्द्र भुसाल, जगत मगर र राम बस्नेत निर्वाचित भएका छन् । अन्य कार्यसमिति सदस्यमा शिव श्रेष्ठ, मोहन राई, राज मल्ल ठकुरी, केदार आलेमगर, हर्क श्रेष्ठ, कुमार श्रेष्ठ र केशव राई निर्वाचित भएका छन् ।

यस्तै, जगेणर्ा कोष संयोजकमा शिवराम पौडेल (तनहुँ), खेलकुद संयोजकमा ऋषी थापामगर (चितवन), खेलकुद उपसंयोजकमा आनन्द श्रेष्ठ (काठमाडौं), महिला विभाग संयोजक सरिता पौड्याल (काठमाडौं) चुनिएका छन् ।

शुक्रबार कुवेतको फाहाहिलस्थित रोयल मुघ्लाई इण्डियन रेष्टुरेन्टमा भएको अधिवेशनको उद्घाटन गर्दै कुबेतका लागि नेपाली राजदुत यज्ञबहादुर हमालले प्रवासीभूमीमा नेपाली खेलकुदको बिकासमा क्रियाशील रहेको भन्दै सामाजिक कार्यमा निरन्तर लाग्न शुभकामना दिए ।

mount everest club-kubet-2कार्यक्रममा एनआरएनए कुबेतका अध्यक्ष धर्मराज गिरी, आईसीसी कोर्डिनेटर सुजन केसी, पत्रकार तोयानाथ दाहाल, किरात राई यायोख्खाकी उपाध्यक्ष नैनकला राई, साहित्यकार अमित राई, मगर सँघका उपाध्यक्ष मनु मगर क्लबका बरिष्ट सल्लाहाकर राजेन्ऽ तामाङ, सल्लाहाकार खोप गुरुङ, लगायतले मन्तब्य राखेका थिए।

क्लबका अध्यक्ष जय आलेको अध्यक्षतामा उपाध्यक्ष ईन्द्र भुसालले सञ्चालन गरेको कार्यक्रममा सदस्य किरण पौड्यालले स्वागत मन्तब्य राखेका थिए ।

तस्वीरः सुरेश गुरुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment