Comments Add Comment

आत्मकथा लेखेपछि भात पकाउन सिक्छुः शाहरुख

Sharukh-khan-at-kathmandu-7मुम्बई । बलिउड बादशाह शाहरुख खानले आफ्ना प्रशंसकसँग आफुले गर्न बाँकी रहेको कामको सूची सार्वजनिक गर्दै आत्मकथा लेखनलाई चाँडो पूरा गर्ने बताएका छन् । ४९ वर्षीय यी अभिनेता अहिले रिलिजको तयारीमा रहेको फिल्मको काममा ब्यस्त छन् ।

उनले बाँकी रहेको कामालाई सदाबहारको सूचीमा राखेका छन् । उनले भनेका छन् ‘मैले गर्न बाँकी रहेका कामलाई छेउँमै राखेको छु । तर, यो लगातार बढीरहेको छ र बद्लिएको पनि छ ।’

उनी गीतार बजाउन र खाना पकाउने काम लगत्तै सिक्न चाहन्छन् । ‘कक्टेल बनाउन पनि सिक्नु छ भने, एउटा राम्रो जीन्सको पनि खोजी गर्नु छ ।’ यी उनले तत्काल गर्नुपर्ने काम हुन् ।

पुस्तक लेखनलाई उनले सबै भन्दा बढी महत्व दिएका छन् । ‘२० इयर ईन अ डिकेड’ मा उनले स्टारडमसंग जोडिएको आफ्ना अनुभव शेयर गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment