Comments Add Comment

एनआरएन पोर्तुगलका नयाँ समितिलाई नेवा पुचः बाट सगुनले स्वागत

newa pucha-portugalलिस्बोन (पोर्तुगल) । एनआरएन पोर्तुगलका नयाँ कार्य समितिलाई नेवा पुचः पोर्तुगलले सगुन खुवाएर स्वागत सम्मान गरेको छ । नेवा पुचः ले एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रचलित नेवारी संस्कारअनुसार बधाई तथा सगुन उपहार दिएका थिए ।

संस्थाका संरक्षक कुमार श्रेष्ठले उद्घाटन गरेको कार्यक्रमको अध्यक्षता नेवा पुचः पोर्तुगलका अध्यक्ष कुमार प्रजापतिले गरेका थिए ।

निर्बाचित एनआरएन आइसीसी सदस्य रमेशकुमार गुरुङ, अध्यक्ष भिम कमल केसी, उपाध्यक्ष राजन शेरचन, उपाध्यक्ष सुनिल संगम, महासचिब सोम फुरी शेर्पा, सचिब ध्रुवप्रसाद सापकोटा, कोषध्यक्ष रुपक श्रेष्ठ, प्रबक्ता हेमराज सुबेदी लगायतको उपस्थितिमा भएको कार्यक्रममा संस्थाका बरिष्ट उपाध्यक्ष सुनिता मानन्धरले अथितिहरुलाई स्वागत गरेकी थिइन् ।

एनआरएन पोर्तुगलका नव निर्वाचित कार्य समितिका सम्पूर्ण पदाधिकारीहरुलाई टीका र तोरणको साथमा सगुन (माछा, अण्डा, बारा, दही) खुवाई आगामी कार्यकालको लागि बधाई तथा शुभकामना प्रदान गरिएको थियो ।

– सुनिल संगमबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment