Comments Add Comment

ह्याकरले चोरे २ वर्षमा सवा खर्ब

Hyakar

अमेरिकी खुफिया एजेन्सी एफबिआइका अनुसार साइबर अपराधीहरुले पछिल्लो दुइ वर्षमा विभिन्न कम्पनीहरुबाट १ अर्ब २० करोड अमेरिकी डलर चोर्न सफल भएका छन् ।

एफबिआइका अनुसार कम्पनीहरुको अकाउण्टबाट ह्याकरहरुले सन् २०१३ यता झण्डै १ खर्ब २० अर्ब रुपैयाँ हात पार्न सफल भएका हुन् ।
बिजनेस इमेल कम्प्रोमाइज नामक नामक विधिद्धारा ह्याकरहरुले आफुलाई कम्पनीको सिइओको रुपमा प्रस्तुत गर्न सफल हुने र कम्पनीका कर्मचारीहरुलाई विभिन्न खाले गोप्य वित्तिय सूचना प्रदान गर्न बाध्य पार्ने गरेको पाइएको छ ।

सुरुमा ह्याकरहरुले कम्पनीका वास्तविक सिइओ तथा उच्च पदस्थ अधिकारीहरुलाई नक्कली इमेल पठाउँछन् जालोमा पार्नका लागि । त्यसपछि उनीहरु उच्च पदस्थ अधिकारीहरुको अकाउण्ट ह्याक गर्न सफल हुन्छन् । त्यसपछि उनीहरुले ती हाकिमहरुको इमेलबाटै कम्पनीका कर्मचारीहरुलाई विभिन्न खाले सूचना माग गर्दै इमेल पठाउने गर्छन् ।

कहिलेकाहीँ भने ह्याकरहरुले कम्पनीका सिइओ तथा उच्च पदस्थ अधिकारीहरुकै नाउँको नक्कली अकाउण्ट खोलेर कम्पनीको वित्तिय विभागलाई भ्रममा पर्ने कोसिस गर्छन् । यसरी हाकिमको नाउँबाट इमेल आइसकेपछि तत्कालै त्यसको जवाफ फर्काइहाल्ने कर्मचारीहरुबाट गोप्य सूचना ह्याकरको हातमा पर्दछ ।

हाकिम बन्ने मात्र होइन् ह्याकरहरु कहिलेकाहीँ कम्पनीको कानूनी सल्लाहाकारको रुपमा पनि प्रस्तुत हन्छन् र आफुलाई केही वित्तिय सूचना तत्कालै चाहिएको भन्दै सम्बन्धित कर्मचारीलाई इमेल गर्दछन् ।

त्यसरी बैंक अकाउण्ट तथा अन्य महत्वपूर्ण वित्तिय सूचना प्राप्त गरेपछि ह्याकरहरुले सजिलैसँग कम्पनीको अकाउण्टमा रहको रकम आफ्नो खातामा सार्दछन् ।

पैसा चोर्नका लागि नक्कली इमेलको यो शैली अहिले विश्वव्यापी बनिसकेको छ। अमेरिकाका ५० वटै राज्यमा तथा विश्वका ७९ देशमा यस्तो अपराध फेला परेको एफबिआइले जनाएको छ ।

बिजनेस इमले कम्प्रोबाइज विधिबाट पीडित हुनेहरुको संख्या यो वर्षको सूरुको आठ महिनामै २७० प्रतिशतले बढेको बताइएको छ ।
सन् २०१३ को अक्टोबर यता ७ हजारवटा अमेरिकी कम्पनी यसको सिकार भएका छन् । सेक्युरिटी ब्लगर ब्रायन कर्बस्को कम्पनीबाट ह्याकरले यसैगरी साढे ७ करोड चोर्न सफल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment