Comments Add Comment

गाई सहयोगबारे भारतको जवाफ कुर्दै सरकार

१३ भदौ, काठमाडौं । भूकम्प प्रभावितका लागि एकहजार गाई निशुल्क उपलब्ध गराउन सकारात्मक देखिएको भारतले अन्तिम जवाफ दिन ढिलाई गरेको छ । सरकारले भूकम्प लगत्तै प्रभावित जिल्लाका किसानलाई गाई उपलब्ध गराउने गरी राखेको Cowप्रस्तावमा भारतले तत्कालै सकारात्मक प्रतिक्रिया दिएपनि त्यसबारे निर्णय भए/नभएकोबारे जानकारी नदिएको कृषि विकास मन्त्रालयले जनाएको छ ।

देशमा उत्पन्न जटिल परिस्थितिमा पीडितका लागि सहयोग प्राप्त हुन सक्ने भन्दै सरकारले छिमेकी मुलुकहरुसँग सहयोगको लागि आग्रह गरेको थियो । मन्त्रालयले केही वर्षअघि देखि भारतबाट गाई ल्याउन प्रयत्न गरेपनि जैविक नीति विपरित हुने भन्दै भारतले नेपाललाई सहयोग गर्न नसक्ने बताएको थियो ।

तर, भूकम्पपछि पीडितलाई सहयोग दिन भन्दै गरिएको प्रस्तावमा भने भारत सरकारले सकारात्मक जफाफ दिएको थियो । भारतले कृषि विकास मन्त्रालयलाई पत्र लेख्दै ‘कस्ता मापदण्डका गाई सहयोग माग गरिएको हो ?’ भनेर सोधेको मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले बताए ।

त्यसको जवाफमा जर्सी गाई भएमा एक बेतमा ४ हजार लिटर दूध दिने र होलिस्टेन भए ५ हजार लिटर दूध दिने क्षमताका गाई उपलब्ध गराउन अनुरोध गरेको उनले बताए । भारतलाई जवाफ दिएको लामो समय भएपनि सहयोग दिने/नदिनेबारेको अन्तिम जवाफ अझै नआएको मन्त्रालयले जनाएको छ ।

सहयोगमा गाई आएमा भूकम्प प्रभावित १४ जिल्लामा किसानलाई उपलब्ध गराउने मन्त्रालयको योजना थियो । सरकारले चीनलाई पनि भूकम्पपछि गाई उपलब्ध गराउन आग्रह गरेको थियो । चीनले त्यसबारे अहिलेसम्म कुनै प्रतिक्रीया नदिएको मन्त्रालयले जानकारी दिएनन् । सरकारले यसवर्ष अन्तर्राष्ट्रिय बजारबाट २ हजार गाई खरिद गरेर ल्याउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment