Comments Add Comment

टीकापुर घटना एमाओवादीको योजनाबाट : योगेश भट्टराई

१३ भदौ, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाओवादीका सचिव वर्षमान पुन र नेता जनार्दन शर्मा प्रभाकरसहितको योजनामा टीकापुर हत्याकाण्ड भएको दाबी गरेका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

एमाले केन्द्रीय प्रचार विभागका तर्फबाट आइतबार पत्रकारहरुसँग गरिएको भेटघाटमा सचिव भट्टराईले अनन्त र प्रभाकरको नाम नै किटेर संगीन आरोप लगाएका हुन् ।

अनन्त र प्रभाकर पूर्वलडाकू कमाण्डर भएको र उनीहरुले पहाडी मूलका मानिसहरुको हत्या गर्ने र दंगा भड्काउने योजना बनाएको भन्दै भट्टराईले कसरी प्रहरी मारिए भन्नेबारे छानविन गर्नुपर्ने बताए ।

प्रचण्ड संविधान निर्माण गर्न लागेको भए पनि माओवादीकै अन्य नेताहरुको भूमिका शंकास्पद भएको भन्दै भट्टराईले भने- ‘वर्षमान पुन र जनार्दन शर्मा प्रभाकर टीकापुर घटनाका योजनाकारसँग निकट छन् । उनीहरुकै नीति निर्देशनमा भएको हो ।’

टीकापुर घटनामा तालिमप्राप्त पूर्वलडाकूहरु प्रयोग भएको भन्दै भट्टराईले वर्षमान पुन र जनार्दन शर्मा प्रभाकरमाथि छानविन गर्नुपर्ने बताएका थिए ।

एमाले सचिव भट्टराईले सात प्रदेशको सीमांकनमा हेरफेर नहुने बताए । प्रदेश नम्बर ४ मा मगरको र पाँचमा थारुको क्लस्टर भत्किएको भएपनि असन्तुष्टि धेरै नभएको उनले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment