Comments Add Comment

नेपालका राष्ट्रिय कलाकारहरुलाई कतारमा सम्मान

miteri samman-qatar-1घनश्याम पराजुली (कृष्ण)

दोहा । मितेरी सांस्कृतिक धमकाका लागि कतार आएका राष्ट्रिय कलाकारहरु सम्मानित भएका छन । शनिवार दोहाको गोल्डेन फर्क रेष्टुरेन्टमा आयोजित एक कार्यक्रमकाबीच नेपालबाट आएका बहुचर्चित लोकदोहोरी गायक खुमन अधिकारी, लोकदोहोरी गायिकाद्वय लक्ष्मी ढकाल र सुनिला गुरुङ्ग साथै नृत्याङ्गना मीना तामाङ्गलाई खादा ओढाएर सम्मान गरिएको हो ।

कलाकारहरु खुमन अधिकारी, लक्ष्मी ढकाल, सुनिला गुरुङ्ग तथा डान्सर मीना तामाङ्गलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा अन्तराष्ट्रिय कलाकार मञ्च कतार शाखा, चितवन युवा समूह कतार र बाग्लुङ्ग सेवा समाज कतारको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।

miteri samman-qatar-2कार्यक्रममा एनआरएनए आईसीसीका उपाध्यक्ष टिबी कार्की , एनसीसी कतारका अध्यक्ष मक्सुद आलम , समाजसेवी चानक पोख्रेल, लोकदोहोरी प्रतिष्ठानका मानार्थ सदस्य ईश्वर काफ्ले, चितवन युवा समुह कतारका अध्यक्ष भुमिराज कार्की, समाजसेवी करिमबक्स मियाँ लगायतले नेपाली कला संस्कृतिको संरक्षणका लागि कलाकारहरुहरुको उल्लेखनीय भूमिका रहेको भन्दै शुभकामना ब्यक्त गरेका थिए ।

miteri samman-qatar-3मितेरी साँस्कृतिक समूह कतारले आयोजनामा अन्तराष्ट्रिय कलाकार मञ्च कतार शाखाका अध्यक्ष भविन्द्र तामाङ्गको प्रमुख आतिथ्यमा भएको सम्मान तथा बिदाई कार्यक्रमको अध्यक्षता अध्यक्ष सुमन भारतीले गरेका थिए ।

सोही कार्यक्रममा मितेरी साँस्कृतिक समुह कतारले संस्थालाई पुर्याएको योगदानको कदर गर्दै बसन्त फिल्मस् प्रालि, नेपाली कला केन्द्र, समाजसेवी डीबी सुनाम र ईश्वर काफ्लेलाई पनि सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment