Comments Add Comment

स्थानान्तरण गरिएका प्रहरी चौकी पुनःस्थापित

१३ भदौ, काठमाडौं । संविधान निर्माण प्रक्रियामा असन्तुष्ट पक्षको आन्दोलनले असहज परिस्थिति सिर्जना भएपछि स्थानान्तरण गरिएका प्रहरी चौकीहरु पुनःस्थापित भैसकेको नेपाल प्रहरीले जनाएको छ ।

Nepal-Policeशान्ति सुरक्षालाई सुदृढ बनाउन भन्दै अस्थायी र थोरै जनशक्ति भएका प्रहरी पोष्ट तथा नगर क्षेत्रका बिटहरुलाई पायक पर्ने अर्को एकाईमा सारिएको थियो ।

हाल जनशक्तिको भरपर्दो व्यवस्था गरी पुनःस्थापित गराइसकेको प्रहरीले जानकारी दिएको छ ।

स्थानान्तरणको प्रक्रिया मर्ज भएको वा गाभिएको भनेर सन्चार माध्यममा आएको भन्दै प्रहरीले त्यसको खण्डन गरेको छ ।

प्रहरी प्रवक्ता कमल सिंह बमले जारी गरेको विज्ञप्तिमा यसलाई प्रहरी चौकीहरु मर्ज गरिएको वा गाभिएको भनेर बुझ्न नहुने स्पष्ट पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment