Comments Add Comment

पत्रकार महासंघको टोली टीकापुर पुग्यो

१३ भदौ, काठमाडौं । कैलालीमा भएको तनावबारे बुझ्न नेपाल पत्रकार महासंघको टोली आइतबार टीकापुर पुगेको छ ।

fnj-logoपत्रकार महासंघका महासचिव उजिर मगरले नेतृत्व गरेको टोलीमा केन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतमका साथै लक्की चौधरी, माधव दुलाल र दण्ड गुरुङ छन् । टोलीमा बाँकेका महासंघ अध्यक्ष रुद्र सुवेदी पनि सहभागी छन् ।

आफूहरु टीकापुर पुग्दा आइतबार बिहान त्यहाँको स्थिति सुनसान रहेको सरकारले लगाएको निषेधाज्ञाका कारण मानिसहरु सार्वजनिक रुपमा हिँडडुल गर्न डराइरहेको सुवेदीले बताए । उनले भने-‘टीकापुर सुनसान छ, स्थानीय फूलबारी रेडियोको कार्यालय र सञ्चारकर्मी बस्ने घरमा पनि आक्रमण गरिएको रहेछ ।’

यसैवीच मधेसी मोर्चाहरुको आन्दोलनका कारण सप्तरीदेखि पश्चिमका जिल्लामा पत्रपत्रिका वितरणमा आन्दोलनकारीले अवरोध पुर्‍याएरहेका छन् । प्रेसमाथि भएको अवरोधप्रति पत्रकार महासंघले चिन्ता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment